समाचार

भारतमा फानी चक्रवातका कारण पुरी शहरमा मात्र २१ जनाको मृत्यु

एजेन्सी : भारतको उडिसामा फानी चक्रवातले पुर्याएको क्षतिको विवरण अहिलेसम्म संकलन गर्न सकिएको छैन। शक्तिशाली आँधीले विजुली तथा संचार सेवामा पुर्याएको असरका कारण त्यहाँ संचार हुन नसकेको जनाइएको छ। गत शुक्रबार आएको आँधीका कारण उडिसाको पुरी शहरमामात्र २१ जनाको मृत्यु भइसकेको जनाएको छ।

पुरी शहरमामात्र २१जनाको मृत्यु भएसँगै अन्य क्षेत्रमा समेत कैयौंको मृत्यु भएको आशंका गरिएको छ। संचार सेवा प्रभावित भएका कारण त्यहाँको अवस्था बुझ्ना गाह्रो भएको जनाइएको छ। चक्रवातले त्यहाँ असंख्य बिजुलीको पोल तथा ट्रान्सफर्मर ध्वस्त पारिदिएको छ। जसले मानिसहरुले बिजुलीको सेवा पाउन सकेका छैनन्।

उडिसाका मुख्य मन्त्री नवीन पटनायककाले उडिसाबाट ११ लाख मानिसलाई सुरक्षित स्थानमा पुर्याएकाले धेरैको ज्यान जोगिएको बताएका छन्। त्यस प्रदेशमा अहिलेसम्म घाम नलागेको जनाइएको छ। उद्धार कार्य अझै जारी छ । प्रति घण्टा २०० कीमीभन्दा बढीको वेगमा आएको सो चक्रवातले त्यसक्षेत्रको जनजीवन प्रभावित बनाएको छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *