समाचार

जाडोमा कुर्कुच्चा फुट्ने समस्याबाट पिडित छ ? यस्ताे छ उपचार बिधी

चिसो मौसममा अनुहार, हात, खुट्टा तथा कुर्कुच्चा सुक्खा र खस्रो भएर फुट्ने गर्छ । तर, खुल्ला चप्पल लगाऊन समेत लाज लाग्ने भएकोले जाडोमा धेरै समय मोजा र जुत्ता लाइरहनु पर्ने हुदा कुर्कुच्चा फुट्ने समस्याले धेरैलाई सताउने गरेको हुन्छ । कुर्कुच्चा फुट्दा खुट्टालाई नराम्रो देखाउनुका पीडा र खुट्टामा इन्फेक्सन पनि गराउन सक्छ । शरीरमा क्याल्सियमको कमीका कारणले कुर्कुच्चा फुट्ने समस्या निम्तिने गर्छ । क्याल्सियमको कमीले दाँत र हड्डी कम्जोर हुनुका साथै खुट्टाका पैताला तथा कुर्कुच्चा पनि फुट्न सुरु हुन्छ । कुर्कुच्चा फुट्दा उक्त स्थानको मासु खुल्ला भएको हुन्छ र छिट्टै ब्याक्टेरियाले संक्रमित हुने सम्भावना धेरै हुने हुदा कुर्कुच्चा फुट्ने समस्याले विभिन्न संक्रमण समेत निम्त्याउन सक्छ । समयमा यसको समाधान नगरेमा खुट्टामा सेलुलाइटिस जस्ता डरलाग्दो रोग लग्न सक्छ ।

संक्रमणबाट बच्न र कुर्कुच्चा फुट्न नदिन बजारमा अनेकौ औषधिहरु सजिलै पाइने गर्छ । तर, डाक्टरको सल्लाह लिएर मात्र त्यस्तो औषधिको प्रयोग गर्नु पर्छ । साथै केही सजिलो घरेलु उपाय अपनाएर पनि यसलाई निको पार्न सकिन्छ ।कुर्कुच्चा वा खुट्टामा जमेको कडा छाला हटाउनका लागि साबुन वा सेम्पुमा एक चिम्टी चिनी मिसाएर खुट्टालाई सफा गर्नाले खुट्टाको कडा वा जमेको छाला निस्किने गर्छ ।

कुर्कुच्चा फुटेको समस्या देखा पर्ना साथ खुट्टालाई मनतातो पानीमा सेम्पु राखेर राम्रोसँग धोएर तौलियाले सफा सँग पुछ्नु पर्छ । एउटा सानो भाँडामा गुलाबजल, कागतीको रस र गिल्सरिनको मिश्रण बनाएर हरेक राति सुत्नुअघि पैताला तथा खुट्टामा मज्जाले लगाएर लुज वाला मोजा लगाएर रातभरि छोड्नु पर्छ । कस्सेको मोजा लगाउदा खुट्टाको रक्तसंचारमा अवरोध आउन सक्छ ।

भोलिपल्ट उठेपछि फेरि मनतातो पानीले खुट्टालाई पखालेर मोइस्चराइजरको प्रयोग गरि मोजा लगाएर बस्नु पर्छ । उक्त प्रक्रियालाई दैनिक निरन्तरता दिएर गरिरहँदा कुर्कुच्चा फुट्ने समस्याको समाधान हुन्छ । साथै, दैनिक क्याल्सियम युक्त खानेकुराको सेवन गर्नु पनि जरुरि हुन्छ । खाली खुट्टा हिड्ने गर्दा छिट्टै पैताला तथा कुर्कुच्चा सुक्खा भएर फुट्न सक्नुका साथै अन्य संक्रमण हुने सम्भावना बढी हुने हुदा कोठाबाट निस्किदा साथै चप्पल या जुत्ताको प्रयोग गर्नु पर्छ । पानीले खुट्टाको मासु खान सक्ने हुदा पानीमा धेरै चल्नु हुदैन ।


Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *