समाचार

सिरियाको राकामा अमेरिकी नेतृत्वको सैन्य कारबाहीमा एक हजार ६०० सर्वसाधारणको मृत्यु

बेरूत, लेवनान-सिरियाली शहर राकामा अमेरिकी सैन्य नेतृत्वमा सन् २०१७ मा भएको हवाई तथा स्थल कारबाहीमा चार महिनाको अवधिमा एक हजार ६०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको एअन्तर्राष्ट्रिय मानवअधिकारवादी सङ्गठनहरूले बिहीबार जारी गरेको प्रतिवेदनमा जनाइएको छ ।

एम्नेष्टी इन्टरनेशनल र एअरवार्स नामक मानव अधिकार तथा युद्ध अपराध अनुगमनकारी संगठनले हालैका केही महिनामा तयार पारेको रिपोर्टमा उनीहरूले युद्धमा मर्ने सर्वसाधारणको सङ्ख्या धेरै देखिएको बताउँदै गठबन्धनका उच्च सदस्यहरूलाई थप पारदर्शीता र विश्वशनीयता देखाउन आग्रह गरेका छन् ।

“कारबाहीमध्ये कैयौँ हवाई आक्रमण गलत निशानामा परेका भेटिएका छन् । हवाई आक्रमणका क्रममा द्वन्द्वरत पक्ष तथा सर्वसाधारण जनतालाई नछुट्टाईकन आकाशबाट अन्धाधुन्ध वम खसालिएको र दशौँ हजार विष्फोटक पदार्थको निशाना गलतस्थानमा पर्न गएको भेटिएको छ,” एम्नेष्टीका क्राइसिस रेस्पोन्स सल्लाहाकार डोनाटेल्ला रोभेराले बताउनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *