समाचार
काभ्रे प्रतिनिधि सभा १ प्रदेश सभा १ मा रत्न प्रसाद ढकाल भारि मतले विजयी

मंसिर ८
काभ्रेपलान्चोक । जिल्लाको प्रतिनिधिसभा १ को प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र) र वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका रत्न ढकाल प्रदेशसभा सदस्यमा विजयी हुनु भएको छ।
ढकालले आफ्ना निकटतम प्रतिष्पर्धी नेकपा एमाले उम्मेदवार दिलबहादुर तामाङलाई ९ हजार ४ सय ४२ मतान्तरले पराजित गर्दै विजयी हुनु भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेका अनुसार माओवादी केन्द्रका रत्नले २० हजार ७३० मत प्राप्त गरी विजयी हुनु भएको छ । उनका निकटतम प्रतिष्पर्धी एमालेका तामाङले ११ हजार २ सय ७८ मत प्राप्त गर्नु भएको छ।
अघिल्लो ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट एमाले र माओवादीका साझा उम्मेदवारको रूपमा प्रदेशसभा सदस्यमा नै विजयी भई ढकाल बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री समेत हुनु भएको थियो ।
