अ+
अ
अ-
काठमाडौं । लोकप्रिय गायिका बिष्णु माझीको स्वरमा रहेको नयाँ दसैँ गीत ‘दसैँ र तिहार’ सार्वजनिक भएको छ।
सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीतमा बिष्णु माझीले स्वर दिएकी छन्। ‘गुर्धौली फुल्यो बरै, मार्सी धान झुल्यो, आउ घरै पियारी’ लगायतका शब्द समेटिएको गीतले नेपाली मौलिकता र चाडपर्वको सांस्कृतिक पक्षलाई प्रस्तुत गरेको छ।
गीतको म्युजिक भिडियोमा मोडल ललिता पौडेलसँगै सुन्दरमणि अधिकारीले पनि अभिनय गरेका छन्। भिडियोमा दसैँ–तिहारको पारिवारिक तथा सांस्कृतिक माहोललाई प्रस्तुत गरिएको छ।
सपना म्युजिक प्रालिले बजारमा ल्याएको गीत अहिले विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ।


