अ+
अ
अ-
काठमाडौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा पाहुनाहरूलाई स्वागत गीतमार्फत स्वागत गरिएको छ।
` बदलिएको समयको बदलिएको कांग्रेस, युवा शक्ति जुटाएर बदल्नु छ यो देश’ भन्ने मूल भाव समेटिएको स्वागत गीत प्रस्तुत गरिएको हो।
स्वागत गीतमा पुराना गायक नन्दकिशोर जोशी अग्रस्थानमा रहेर गीत प्रस्तुत गर्नुभएको थियो। गीतमार्फत समृद्धिको बिरुवा रोप्ने, नयाँ बाटो पहिल्याउने र युवाशक्तिलाई एकताबद्ध गर्दै देश निर्माणमा अघि बढ्ने सन्देश दिइएको छ।
महाधिवेशन उद्घाटन समारोहमा प्रस्तुत गरिएको गीतले कांग्रेसमा पुस्तान्तरण, नयाँ सोच र परिवर्तनको अपेक्षालाई समेत सांकेतिक रूपमा प्रस्तुत गरेको छ।


