‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय, मंसिर १७ गते रिलिज हुने

अ+
अ
अ-

‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय, मंसिर १७ गते रिलिज हुने । (समाचार कमेन्टमा)
काठमाडौ । सवीर श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘छत्तीसको आँकडा’को प्रदर्शन मिति तय भएको छ। निर्माण पक्षका अनुसार चलचित्र आगामी मंसिर १७ गतेदेखि देशभरका हलमा प्रदर्शन हुनेछ।

अभिनेत्री निरुता सिंहको जन्मदिनको अवसर पारेर चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो। चलचित्रमा रेखा थापा, निरुता सिंह, पूजा शर्मा, महेश त्रिपाठी र पुष्प खड्कालगायत कलाकारको अभिनय रहेको छ।

रेखा फिल्म्स र क्याट्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको चलचित्रले प्रचार–प्रसारलाई तीव्रता दिएको निर्माण पक्षले जनाएको छ।

चलचित्रको पहिलो गीत घटस्थापनाको दिन सार्वजनिक गरिने तयारीसमेत गरिएको छ। निर्माण पक्षले गीत सार्वजनिक भएसँगै चलचित्रको प्रचार अभियानलाई थप व्यापक बनाउने जनाएको छ।