कांग्रेसमा सहमहामन्त्रीको संख्या १५ पुर्‍याइने

अ+
अ
अ-

काठमाडौ । नेपाली कांग्रेसले सहमहामन्त्रीको संख्या १५ पुर्‍याउने भएको छ। पार्टीको संशोधित विधानअनुसार समावेशी आधारमा नौ, खुलातर्फ दुई र सभापतिले मनोनीत गर्ने चार जनासहित १५ जना सहमहामन्त्री रहने व्यवस्था गरिएको हो।

समावेशीतर्फ आदिवासी जनजाति, दलित, मधेसी, खस–आर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक र अपांगता भएका समुदायबाट एक–एक जना सहमहामन्त्री चयन हुनेछन्।

त्यस्तै, खुलातर्फ दुई जना सहमहामन्त्री निर्वाचित हुनेछन् भने चार जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ। संशोधित विधानमार्फत कांग्रेसले सहमहामन्त्रीको संख्या र समावेशी प्रतिनिधित्वको दायरा विस्तार गरेको हो।