शुक्रबार नेप्से दोहोरो अंकले बढ्यो, कारोबार रकम पनि बढ्यो

+
-

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २७ दशमलव ९४ अंकले बढेर २ हजार ५ सय ५९ दशमलव ४९ बिन्दुमा पुगेर बन्द भएको हो।

बिहीबार ४ अर्ब रुपैयाँ बराबरको कारोबार भएकोमा शुक्रबार कारोबार रकम बढेर ४ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ।

शुक्रबार धितोपत्र बजारमा १ करोड २० लाख ९९ हजार ७ सय ९ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा आएको वृद्धिसँगै बजार परिसूचक पनि अघिल्लो दिनको तुलनामा सकारात्मक देखिएको हो।