अ+
अ
अ-
मियामी विमानस्थलमा अमेजनको कार्गो विमान धावनमार्गबाट बाहिरियो
अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनको कार्गो विमान धावनमार्गबाट बाहिरिएर दुर्घटनामा परेको छ। सोमबार, सेप्टेम्बर ७ मा विमानस्थलमा दुर्घटनाग्रस्त विमान देखिएको हो।
अमेजनको कार्गो उडान सञ्चालन गर्ने २१ एयरको बोइङ ७६७ विमान धावनमार्गमा अवतरण गर्ने क्रममा रनवे पार गरेर बाहिरिएको थियो। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
घटनाबारे अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी) ले अनुसन्धान गरिरहेको छ।
तस्बिर : डेभिड स्यान्टियागो/एपी


