मुख्यमन्त्री बानियाँद्वारा प्रदेश प्रमुख देवकोटासमक्ष राजीनामा

+
-

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री बानियाँले सोमबार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष आफ्नो राजीनामापत्र बुझाएका हुन्।

प्रदेश प्रमुखको कार्यालयमा पुगेर बानियाँले पदबाट राजीनामा बुझाएका हुन्। उनको राजीनामासँगै बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।

मुख्यमन्त्री बानियाँले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउँदै गरेको तस्बिर सार्वजनिक भएको छ।