प्रज्ञा–प्रतिष्ठानमा विभागीय जिम्मेवारी बाँडफाँड, मोती जयन्तीलाई राष्ट्रिय गजल दिवसका रूपमा मनाउने निर्णय

अ+
अ
अ-

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञ परिषद्को पहिलो बैठकले विभिन्न विभागको जिम्मेवारी बाँडफाँड गर्नुका साथै मोती जयन्तीलाई राष्ट्रिय गजल दिवसका रूपमा मनाउने निर्णय गरेको छ।

प्रतिष्ठानको २०८३ साउन २८ गते बसेको बैठकले उपकुलपति अविनाश श्रेष्ठलाई गद्य तथा प्रकाशन, सचिव डा. रोशन शेरचनलाई दर्शन तथा प्राज्ञ प्रतिसरा सायमिलाई लोकसाहित्य तथा नारी लेखन विभागको जिम्मेवारी दिएको छ।

त्यस्तै, प्राज्ञ डा. कृष्णराज सर्वहारीलाई सामाजिक शास्त्र तथा इतिहास, प्राज्ञ सिता तुम्खेवालाई मातृभाषा तथा लिपि, प्राज्ञ तीर्थ गुरुङलाई अनुवाद, मौखिक इतिहास तथा अन्तर्राष्ट्रिय सम्बन्ध, प्राज्ञ रूपा झा धीरूलाई बाल तथा किशोर साहित्य विभागको जिम्मेवारी तोकिएको छ।

प्राज्ञ नवीन अभिलाषीलाई दलित साहित्य, युवा लेखन तथा डिजिटलाईजेसन, प्राज्ञ दीपक सापकोटालाई काव्य, संस्कृति तथा डिजिटलाईजेसन तथा प्राज्ञ डा. दुर्गाबहादुर घर्तीलाई समालोचना, भाषा, व्याकरण तथा कोश विभागको जिम्मेवारी दिइएको छ।

बैठकले हरेक वर्ष मोती जयन्ती अर्थात् कुशे औँसीलाई राष्ट्रिय गजल दिवसका रूपमा मनाउने निर्णयसमेत गरेको छ।
यसैगरी, सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानलगायत सम्बन्धित सरोकारवाला संघ–संस्थासँग सहकार्य गरी आगामी मंसिरभित्र दुईदिने सुदूरपश्चिम प्रदेशस्तरीय साहित्य महोत्सव आयोजना गर्ने निर्णय गरिएको छ।
प्रज्ञा प्रतिष्ठानकाे जिम्मेवारी बाँडफाँड, कसले के पाए? समाचार कमेन्टमा