काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार परिसूचक नेप्से ७.३७ अंकले घटेको छ। नेप्से परिसूचक घटेर २ हजार ६ सय ४३ दशमलव ८३ विन्दुमा बन्द भएको हो।
नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा शुक्रबार कारोबार रकम बढेर ४ अर्ब २७ करोड रुपैयाँ पुगेको छ।
आज कारोबार भएका कम्पनीमध्ये १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६४ कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै १२ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
शुक्रबार केही कम्पनीको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ। माउन्ट एभरेस्ट पावरको सेयर मूल्यमा उल्लेख्य वृद्धि हुँदा सर्वोत्तम सिमेन्ट र सर्वोत्तम पेन्ट्सको सेयर मूल्य पनि करिब १५ प्रतिशतले बढेको छ। सर्वोत्तम पेन्ट्सको सेयर मूल्य १४ दशमलव ९९ प्रतिशतले बढेर प्रतिकित्ता ३ सय ९६ रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन सर्वोत्तम पेन्ट्सको अन्तिम कारोबार मूल्य ३ सय रुपैयाँ रहेको थियो।
यस्तै जलविद्युत् समूहमा पनि केही कम्पनीको सेयर मूल्य बढेको छ। कारोबार रकमका आधारमा कृषि विकास बैंकको बन्ड अगाडि रहेको छ। यसमा करिब ७० करोड ८७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
समूहगत परिसूचकतर्फ व्यापार समूह सबैभन्दा धेरै २ दशमलव ५७ प्रतिशतले घटेको छ। समग्रमा शुक्रबार सेयर बजारमा बिक्री चाप बढ्दा नेप्से परिसूचक ओरालो लागेको हो।


