तीनवटै प्रज्ञा प्रतिष्ठानका पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ

अ+
अ
अ-

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानलगायत तीनवटै प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार आयोजित पद तथा गोपनीयताको शपथ तथा पदभार ग्रहण कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति कुमार नगरकोटीले नवनियुक्त पदाधिकारीहरूलाई शपथ गराएका हुन्।

सरकारले गत साता रिक्त रहेका पदमा नियुक्ति गरेपछि तीनवटै प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूले आज औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त भएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नेपाली साहित्यका फिक्सन राइटर तथा लेखक कुमार नगरकोटी नियुक्त भएका छन्। नेपाली साहित्यमा आफ्नै विशिष्ट पहिचान बनाएका नगरकोटीले आज तीनवटै प्रज्ञा प्रतिष्ठानका नवनियुक्त पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

शपथ ग्रहणसँगै नवनियुक्त पदाधिकारीहरूले आ–आफ्नो जिम्मेवारी सम्हालेका छन्। प्रतिष्ठानहरूले नेपाली भाषा, साहित्य, कला, सङ्गीत तथा नाट्य क्षेत्रको विकास, संरक्षण र प्रवर्द्धनमा थप प्रभावकारी हुने छ।