सत्ता स्वार्थले जोडिएको समीकरण, हाँडी तातेपछि नफुट्ला भन्न सकिन्न

+
-

नेपालको राजनीतिमा सत्ता समीकरणहरू प्रायः सिद्धान्तभन्दा बाहिर गएर हुने गरेका छन् । सिद्धान्त र वाद भन्दा परिस्थितिले पनि निर्धारण गर्ने गरेको देखिन्छ। यही सन्दर्भमा केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको प्रदेशमा सरकार बनाउन जाेडिएकाे सम्बन्धलाई सत्ता स्वार्थ भन्न सकिन्छ । यी दुई दलका नेताहरु आवश्यकताले भन्दै अहंकारले जाेडिने र छुट्टिने गर्छन् । उनिहरुले,आफू सकिने अबस्थामा पुगेपछि देखिएकाे प्रेमलाई राजनीतिक सहकार्य भन्ने गरेका छन् ।

शुक्रबार पुष्पलाल मिलन केन्द्रले आयाेजना गरेकाे एक कार्यक्रममा केन्द्रीय सरकारलाई दुष्मनकाे संज्ञा दिदै प्रचण्डले आक्राेश पाेखे । त्यसैदिन सत्य निरुपण , छानबिन तथा मेलमिलाप आयाेगकाे काम अगाडि बढाउन माग गर्दै पीडितहरुले प्रदर्शन गरेका थिए। कतै जेन जी आन्दोलनकाे आडमा निर्वाचन पश्चात् बनेकाे सरकारले मुद्दा उठाउला कि भन्ने दिग्भ्रमले प्रचण्डकाे साताे गएकाे पनि हुन सक्छ। खुशी हुँदा युवा नेतृत्व चाहिन्छ भनेर प्रशंसा गर्दै कुम हल्लाउने प्रचण्ड बालेन सरकारलाई तर्साए जस्तै कुनै बेला ओलीलाई तर्साउने गर्थें । सत्ता भित्र र बाहिर रहाँदा उछित्ताे काडने यी दुई पात्रहरु अब सत्ताकाे चास्नी चाख्न हतार-हतार हस्ताक्षरमा उत्रिए ।

बामपंथी सरकारले बीस वर्ष शासन गर्ने खाेल ओडेर नेकपा बनाएका घरदेशी र परदेशी नेता ,ओली र प्रचण्डकाे जाहाजकाे चक्का दुई वर्ष राम्रोसँग चल्न नसकेकाे यथार्थ नेपाली जनताले विर्षन सकेका छैनन् । दुई नेताबीच विगतमा तिता मिठा सहकार्य पनि भयो, साथै पार्टी नै फुटाउने गरि गम्भीर मतभेद पनि भए। एउटै पार्टीमा एकीकरणदेखि विभाजनसम्म सामान्य थियो । तर माधब नेपालकाे काँधमा बन्दुक राखेर ओलीलाई तर्साउन खाेज्दा एमाले विभाजनकाे पीडामा पिल्सिन पुग्याे । यस बिचमा संसद विघटन,अविश्वासकाे प्रस्ताबकाे धम्की ,सर्वाेच्च अदालतकाे मुद्दा, संसद किनबेच, आश्वासन र धाेकाधडी सामान्य भए ।
सत्ता र शक्तिमा रहँदा सार्वजनिक आरोप–प्रत्यारोप र आबाश्यकताकाे सहकार्यले उनीहरूको सम्बन्ध स्थायी हुन नसक्ने विश्लेषण गर्न सकिन्छ । वैचारिक एकताभन्दा राजनीतिक आवश्यकता र शक्ति सन्तुलनसँग याेगले निरन्तर यात्रातय नगर्न सक्छ।

सत्ता साझेदारीमा तत्काल सहजता देखिए पनि पद बाँडफाँडमा फेरि उहीँ चलखेल,छलछाम र जालसाजीले नेतृत्व र शक्तिलाई मतभेदमा पुर्याउने निश्चित छ। यसले गठबन्धनमा तनाव आउन सक्छ।अहिलेको समीकरण कति दिन टिक्ला भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्ने छ ।

“हाँडी तातेपछि नफुट्ला भन्न सकिन्न” भन्ने उखानले यही संकेत गर्छ- स्वार्थको सत्ताका निम्ति दुई नेताका बिच बाहिरबाट आत्मिय सम्बन्ध देखिए पनि भित्रभित्रै आपसमा लालिपप देखाउने नै छन् । सनक चढेका बेला र गणहरुले कान फुकेर बेलुन फुलाएपछि असन्तुष्टि दिन- रात जुनसुकै बेला सतहमा आउँछ। राजनीति सम्भावनाको खेल भनि लाजलाई पनि स्विकार गर्ने र गलत भाष्य सिर्जना गर्न सक्ने नेताहरुकाे सहकार्य दीर्घकालीन हुन्छ वा नब्बे दिनमा नयाँ मोड लिन्छ हेर्न जनता तयारै छन् । किनभने १३ दिनमा मन्त्री फेरिने देशमा नागरिकहरु अभ्यस्त भइसकेका छन् ।

सत्ता समीकरणको स्थायित्व पक्का पनि सरकार गठनमा मात्रै होइन, पारदर्शी सहकार्य, साझा नीति र आपसी विश्वासमा निर्भर रहने गर्छ। अघिल्ला वर्षहरुमा चुलिदै गएकाे असन्तुष्टि यस पटक प्रतिशाेधमा प्रयाेग नहाेला भनन सकिन्न । कमजोर घरातल र विना तयारी बनेकाे गठबन्धन लामो समय टिक्न कठिन छ।