काठमाडौं । नागार्जुन वाङ्मय प्रतिष्ठानले आफ्नो पूर्वअध्यक्ष, विशिष्ट साहित्य साधक, समाज सुधारक तथा वरिष्ठ सञ्चारकर्मी दाहाल यज्ञनिधि (जदौ) को ७३औँ जन्मजयन्तीको अवसरमा पत्रकार तथा साहित्यकार प्रकाश सिलवाल सम्मानित हुनु भएकाे छ । आज (शनिबार) नागार्जुन वाङ्मय प्रतिष्ठानकाे सभाहलमा दाहालकाे ७३औँ जन्मजयन्तीकाे विशेष अबसर पारेर सिलवालाई ११ हजार १ सय ११ रुपैयाँ नगद, दाेसल्ला र सम्मान पत्र प्रदान गरिएको हो ।
डाक्टर प्राध्यापक विनाेद मञ्जनकाे संयाेजकत्वमा तीन सदस्यीय छनाेट समितिले सिलवाललाई`जदौ´सम्मानकाे लागि सिफारिस गरेकाे थियो । संस्थाका अध्यक्ष दिल पौडेलले अध्यक्षता गर्नु भएको कार्यक्रमकाे प्रमुख अतिथ्थता डाक्टर सुधा त्रिपाठीले गर्नु भएको थियो । डाक्टर त्रिपाठीले यज्ञनिधिकाे पत्रकारीता ,प्राध्यापन, साहित्य र व्यक्तित्वको बारे बाेल्दै दाहाल व्यवहारमा प्रजातान्त्रिक तर लेखनमा वामपन्थी र विद्रोही भएको स्मरण गर्नु भयो । साना ठुला सबैलाई समान दृष्टिले हेर्ने भावनाले उहाँको उचाइ चुलिन सजिलाे भएको बताउनु भयो ।
नागार्जुन वाङमय प्रतिष्ठानका पूर्व अध्यक्ष समेत रहनु भएका पत्रकार सिलवालले दाहालकाे संगतले आज यो स्थानमा पुग्न सकेकाे स्विकार गर्दै उहाँ सबैमाझ लाेकप्रिय रहेकाे स्मरण गर्नु भयो । दाहालकाे छत्रछाँया र साहित्यिक वातावरणमा हुर्कन पाएकाेमा खुशी व्यक्त गर्दै उहाँका अप्रकाशित थुप्रै कृतिहरु छापेर पाठक माझ पुर्याउन सहयोग गर्ने प्रतिबद्दता व्यक्त गर्नु भयो । यस्तै दाहाल यज्ञनिधि- सुधा सदनकि संस्थापक सुधा दाहाल, डाक्टर विनाेद मञ्जन, डाक्टर हरि सिलवाल, डाक्टर रमेश शुभेच्छु,पवित्रा सुनार `सानु´ले `जदौ´ र दाहाल यज्ञनिधिकाे याेगदान तथा प्रतिभा ,व्यक्तित्व र कृतित्वकाे बारेमा चर्चा गर्नु भएको थियो ।
यस्तै कार्यक्रममा प्रगतिवादी कवि पूर्ण विरामकाे कविता दुई कविहरुले प्रतियाेगितामा भाग लिएका थिए। प्रतियाेगि मध्यबाट प्रदिप भण्डारी पुरस्कृत हुनु भएको थियो । उहाँले `पूर्णाङ्क प्राप्त गर्न लायक छन्,कप्तानका आदेशहरु´वाचन गर्नु भएको थियो । अर्का प्रतियाेगि पवित्रा सुनार हुनुहुन्थ्यो ।
नागार्जुन स्रष्टा विशेषमा कवि रत्ननिधी रेग्मी शुक्राचार्य सहभागी हुनुहुन्थ्यो । उहाँले दाहाल यज्ञनिधिसँग सम्बन्धित ३ वटा कविता वाचन गर्नु भयो भने आफ्ना ३ गरि आधा दर्जन रचना सुनाएर रौनकता थप्नु भएको थियो । कार्यक्रममा उपस्थित अन्य आधा दर्जन कविहरुले पनि रचना वाचन गर्नु भएको थियो ।
महासचिव युवराज नास्तिकले संचालन गर्नु भएको कार्यक्रममा अप्रतियाेगी गंगा खतिवडाले पनि पूर्ण विरामकाे कविता वाचन गर्नु भएको थियो ।

