अ+
अ
अ-
पेट्रोलियम पदार्थको मूल्य बढदा सवारीसाधनकाे भाडा बढने तर पेट्रोल-डिजेलकाे भाउ घट्दा सवारी भाडदर कम नहुने गरेकाे सार्वजनिक बसमा यात्रा गर्ने यात्रुहरुकाे गुनासाे छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटबढकाे सुची सार्वजनिक गरेसँगै सर्वसाधारण नागरिकहरुलाई सवारी भाडा पनि कम हुन्छ भन्ने भ्रम छ। तर पेट्रोलियम पदार्थको मूल्य उतावचढाव भइरहन्छ। त्यसैले सरकारले निर्धारण गरेको भाडादर तलमाथि नहुने यातायात व्यवसायीहरु बताउँछन् ।
जनस्तरमा सरकारी सवारी भाडादरका बारे बुझाउन नक्दा यात्रु र सवारी सहचालक बिच विवाद हुने गरेको छ । तेलकाे मूल्य बढ्दा भाडा बढे जस्तै घट्दा भाडा पनि घट्नु पर्ने जन साधरणकाे बुझाई छ। रत्नपार्क- च्यामसिंह सडकमा गुड्ने एक सवारी चालकले एक जेष्ठ नागरिकलाई भाडाकाे विषयमा अपमान जनक शब्द प्रयाेग गरे । त्यसपछि ती चालकलाई वृद्धा भन्दै थिइन्,“ भाइ आफू भन्दा ठुलो मान्छेसँग बाेल्ने शैली यही हो ? तपाईं लाग्दाे भाडा लिनु हाेस्। भाडादर ,यात्रु झार्ने ,ओराल्ने स्थान र ट्राफिक नियमकाे बारे विनम्र भएर सम्झाउनुहोस्। सबैलाई जानकारी नहुन सक्छ ! फेरि जेष्ठ नागरिक र महिला बालबालिकालाई सभ्य भाषा प्रयाेग गर्नु पर्छ ।´´
तर ती चालक ठुलाे स्वरमा गाली गर्दै भने,`´ तपाईं जस्तो कति चढछ, ओर्लन्छ। सबैलाई हजुर भनेर बस्ने कि गाडि चलाउने ? जस्तालाई तस्तै गर्ने हो । माया,ममता र सम्मान गर्ने जमाना गए। मन लागे चढने मन नलागे नचढ्ने।´´ जगते आइपुगे पछि ती वृद्धा चित्त दुखाउँदै बसबाट झरिन ।
यस्तै बनेपा- काठमाडौ दैनिक यात्रा गर्ने नवल दाहाल सह चालककाे दुर्व्यवहारले हैरान भएको दुखेसाे पाेख्नु हुन्छ। उनका अनुसार,“ बिहान र साँझ कार्यालय समयमा बसमा भिडभाड हुन्छ। चालकले मान्छे काेचाकाेच गर्छन् । उभिएर यात्रा गरेकाहरु ठेलिएर बसेका हुन्छन् । बसमा समात्ने ठाउँ हुदैन्। सहचालकले पछाडि सर्नु हाेस मात्रै भन्छन् । पछाडि सर्ने ठाउँ हुदैन् । उल्टै पछाडि उभिएको मान्छेलाई भन्छन्,“ सर्ने भए सर्नु, नत्र झर्नुहाेस्। ´´ यसरी अफ्ट्यारोमा यात्रा गरिरहेका यात्रुहरु, चालक र सहचालककबाट शारीरिक र मानसिक यातना भाेग्न बाध्य छन् ।बसमा खाली सिट नभए पनि खाली छ भनेर महिला, बालबालिका र जेष्ठ नागरिकलाई जबर्जस्ती चढाउने गरेका घटना सामान्य हुन्। सार्वजनिक यातायातमा सबैभन्दा धेरै मारमा पर्ने बालबालिकाहरु हुन्। ६ वर्षदेखि १२ वर्ष उमेरका बालबालिका यसकाे प्रत्यक्ष सिकार भइरहेका बाल संजालमा कार्यरत रामेश्वर आचार्यकाे अनुभव छ। उहाँ भन्नुहुन्छ,`´ ती उमेर समुहका बालबालिकालाई काखमा राखेर यात्रा गराउन पनि अफ्ट्यारो हुन्छ। सहचालकले अभिभावकलाई बच्चा काखमा लिनुहाेस् भनेर भन्छन् । यसरी यात्रा गर्दा बालबालिका र अभिभावक दुबैलाई कष्ट हुने गरेकाे छ। ´´ आचार्यका अनुसार, बसमा यात्रा गर्दा सास्ती भाेग्नु पर्दा बालबालिकाकाे स्वतन्त्र र सहज यात्रा गर्न पाउने अधिकार हनन भइरहेको छ। यस विषयमा ट्राफिक प्रहरीले कहिले पनि ध्यान दिन नसकेको उहाँको बुझाइ छ।
सवारीसाधन हुने दुव्यवहार र बाेलीचाली सबै चालक र सहचालकमा लागू नहुने चालक रमेश क्षेत्री बताउँछन् । उनी रत्नपार्क- मुलपानी सडकका सवारी चालक हुन्। विगत २० वर्षदेखि चालककाे पेशा गरेका उनीले कहिले पनि यात्रुकाे ठुलाे स्वर सुन्न परेकाे छैन । उनले सहचालक पनि यात्रुकाे भावना बुझेर व्यवहार गर्ने खालकाे राख्ने गरेका छन् ।उनी भन्छन्,` हुन त सबै एउटै हुदैनन् । अपशब्द बाेल्ने र यात्रुलाई गाली गर्ने सहचालकलाई गाडीमा काम दिने गरेकाे छैन । कहिलेकाहीँ गल्ती भइहाल्याे भने म आफै क्षमा माग्ने गरेको छु ।´´आफू यात्रु मैत्री र सडक मैत्री भएको कारण २० वर्षसम्म एउटै रुटमा सवारी चलाउन अभ्यस्त भएको उनकाे अनुभव छ।
चालक तथा यातायात व्यवसायी श्याम पुडासैनीका अनुसार सवारी नियमकाे पालन गरेमा कहिले पनि दुर्घटना नहुने र कसैसँग कुनै विषयमा विवाद हुदैन् । पेशागत मर्यादमा रहेर सेवा दिने हो भने ट्राफिक,यात्रु ,व्यवसायी र कामदारकाे हित हुनेमा दुइमत नभएको उनकाे बुझाई छ। उनले सहचालकबाट सुरु गरेको काम चालक हुदै बसकाे मालिक बन्न सकेकाेमा गर्व गरे ।
उता ट्राफिक प्रहरीका एक अधिकारीले टुकी नेटवर्कसँग कुरा गर्दै भने,-“ महिला ,बालबालिका र जेष्ठ नागरिकलाई बसमा उचित स्थान छुट्याइएको छ,छैन ।कस्तो व्यवहार गर्नु पर्छ ! सभ्य बाेली मार्फत आदर सम्मान भए ,नभएको अनुगमन हुने गरेकाे छ। काेही कसैबाट चालक, सहचालक उपर गुनासाे तथा उजुरी परेमा छानबिन गरेका छौ । साथै उनिलाई क्लास लिने र ट्राफिक नियम बारेकाे प्रशिक्षण दिएका छौ । कतिपय अबस्थामा लागू पदार्थ सेवन गरि सवारी चलाउने चालकलाई त कार्वाही पनि गरिएको उनकाे भनाइ छ।
आर्थिक वर्ष २०८२/८३ मा सवारी नियम उल्लङ्घन गर्ने चालकको आधिकारिक तथ्यांक सार्वजनिक भई नसकेकाेले नेपाल प्रहरीले ट्राफिक नियम उल्लङ्घनको अभिलेख ट्राफिक भायोलेसन रेकर्ड सिस्टम (TVRS) मा देख्न सकिदैन । ट्राफिक प्रहरीले दैनिक रूपमा नियम उल्लङ्घन गर्ने सवारी चालकमाथि कारबाही गरिरहेको छ। हालै सार्वजनिक विवरणअनुसार काठमाडौं उपत्यकामा एकै दिन २,२९९ वटा सवारीसाधन कारबाहीमा परेका थिए, जसबाट रु. २१.८ लाखभन्दा बढी राजस्व संकलन भएको थियो। कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक बत्ती उल्लङ्घन, तीव्र गति, लेन अनुशासन पालना नगर्ने तथा अन्य ट्राफिक नियम उल्लङ्घनका घटना छन्।

