अ+
अ
अ-
काठमाडौं । लगातार तीन महिनादेखि ओरालो लागिरहेको नेपाली सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन सोमबार ३० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ६.११ अंकले बढेको हो।
सोमबार नेप्से २,५७६ अंकमा कायम भएको थियो, जुन मंसिर ४ यताकै उच्च थियो। आजको कारोबारमा बजारमा केही सुधार आएकाेले कारोबार रकम भने उल्लेख्य रूपमा बढेकाे हो । वैशाख ३० गते ९ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आज विभिन्न कम्पनीका सेयर खरिद–बिक्री भएका छन्
। आज १६४ कम्पनीको सेयर मूल्य बढ्दा १०१ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ। क्षेत्रगत रूपमा बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, निर्जीवन बीमा तथा माइक्रोफाइनान्स समूहका सूचक बढेका छन्। उत्पादन तथा प्रशोधन समूह भने ०.१८ प्रतिशतले घटेको छ।


