
२०८३ बैशाख२८ साेमबार
काठमाडौं । जगदीश खरेल ले स्मार्ट टेलिकम प्रकरणसँग जोडेर आफ्नो विरुद्ध गरिएको प्रचारप्रति आपत्ति जनाउनु भएको छ।
आज संसदमा बोल्दै सांसद खरेलले आफ्नो मानमर्दन हुने तथा व्यक्तिगत लाञ्छना लगाउने उद्देश्यले समाचार प्रकाशन गरिएको भन्दै खेद प्रकट गर्नु भएको हो।
उहाँले आफू एक अन्तर्राष्ट्रिय कन्फरेन्समा सहभागी हुन स्विजरल्याण्ड गएको भए पनि त्यसलाई तोडमोड गरेर स्मार्ट टेलिकम घोटालासँग जोड्दै “हिसाब मिलाउन सुटुक्क भागेको” भन्ने आशयका समाचार प्रकाशित गरिएको बताउनु भयो।
सांसद खरेलले आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिँदै प्रमाणित गर्न नसके कानुनी रूपमा अघि बढ्ने चेतावनी समेत दिनु भएको छ।
त्यसैगरी उहाँले प्रेस काउन्सिल नेपाल लाई अझ बलियो र जिम्मेवार नियामक संस्थाका रूपमा विकास गर्न सञ्चार मन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ।
