समाचार
बाढी र पहिरोका कारण देशका विभिन्न ६ दर्जन बढी मुख्य सडक अवरुद्ध
काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न ६ दर्जन बढी मुख्य सडक अवरुद्ध भएका छन् । ग्रामीण इलाकामा जथाभावी खनिएका अनगिन्ती सडकमा पनि बाढी र पहिरोले क्षति पु¥याएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागका अनुसार बुधबार देशका ६ दर्जन बढी ठाउँमा बाढी र पहिरोका कारण सडक अवरुद्ध छ ।
देशभर मंगलबार विभिन्न सडकका १७ मुख्य ठाउँमा सडक अवरुद्ध भएको थियो । गत शनिबार भने ६१ स्थानमा सडक अवरुद्ध थियो। वर्षापछिको बाढी र पहिरोबाट गत १ साउनमा महेन्द्र राजमार्ग, त्रिभुवन राजपथ, बीपी राजमार्ग, मध्यपहाडी राजमार्ग, कान्ति पथलगायत दर्जन स्थानमा सडक अवरुद्ध भएकोमा त्यसको भोलिपल्ट २ साउनमा देशका विभिन्न ५३ स्थानमा सडक अवरुद्ध भएको थियो । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।
सडक विभागको बुधबारको तथ्यांकअनुसार मिर्चैया– कटारी– घुर्मी सडकखण्ड गएको पहिरोका कारण २६ असार देखि अवरुद्ध छ। अझै सडक सुचारु हुन चार/पाँच दिन लाग्ने सडक विभागले जनाएको छ। ललितपुरको गोदावरी– फुलचोकी सडक पनि २८ असार देखि बन्द छ । सडक विभागले केही ठाउँमा सुचारु भए पनि केही ठाउँमा बन्द रहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्



