टुकी न्युज विशेषप्रवाससमाचार

काभ्रेका दुई स्थानीय तहबाट जग्गा प्रशासन सेवा सञ्चालन गर्ने सरकारको तयारी

२०८३ बैशाख,२५ बिहीबार 
काभ्रेपलान्चोक । नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले देशका विभिन्न ३५ स्थानीय तह मध्य काभ्रे दुइवटा पालिकाबाट  प्रशासन सम्बन्धी सेवा प्रवाह गर्ने अधिकार प्राप्त गरेका छन् । त्यस्ताे सेवा पाउनेमा भुम्लु गाउँपालिका र राेशी गाउँपालिका रहेका छन् । 

मन्त्रालयले जारी गरेको पत्रअनुसार सेवा सञ्चालनका लागि आवश्यक भवन, पूर्वाधार तथा जनशक्ति व्यवस्थापनको अवस्था मूल्यांकन गर्न निर्देशन दिइएको छ।

भुम्लु गाउँपालिकाले यस अधि सेवा संचालनका लागि मन्त्रालयमा पत्राचार गरेकाे थियो ।  वागमती प्रदेशकाे ९ वटा पालिका मध्य काभ्रेका दुई पालिका भूम्लु र राेशी छनाेटमा परेका हुन्। ती स्थानीय तहमा भूमि प्रशासन कार्यालय र नापी कार्यालयको समन्वयमा सेवा विस्तारको योजना बनाइएको जनाइएको छ।

सरकारले स्थानीय तहबाटै सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित भूमि प्रशासन सेवा विकेन्द्रीकरणको नीति अघि बढाएको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *