समाचार

काभ्रेको पनौतीमा गाँजा सहित तीन जना पक्राउ

काभ्रेपलान्चोक ।   पनौती नगरपालिकाबाट ७३ बोरा गाँजा सहित तीन जना   पक्राउ परेका छन ।  बिहान ८:३० बजे पनौती  आईटी पार्कस्थित पनौती बनेपा सडकमा प्रहरीले गरेको  चेक जाँचका क्रममा पनौतीबाट बनेपा तर्फ जाँदै गरेको बा ६ च २९६ नम्बरकाे  गाडीबाट २८५ केजी गाँजा प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका मानिसहरूलाई ईप्रका बनेपामा ल्याई अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले बताएकाे छ। पक्राउ पर्नेमा गाडी चालक नुवाकोट बिदुर ११ घर भई हाल काठमाण्डौ बालाजु डेरा गरी बस्ने बर्ष ३५ को बुद्धमान तामाङ, रामेछाप जिल्ला रामेछाप नपा ८ घर भई हाल काठमाण्डौ बालाजु डेरा गरी बस्ने बर्ष २० को संजिब तामाङ, रामेछाप ८ घर भई हाल काठमाण्डौ बालाजु डेरा गरी बस्ने बर्ष ५३ की बिमला तामाङ रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *