टुकी न्युज विशेषपत्रपत्रिकाबाटप्रवाससमाचार
पूर्व मन्त्री बसुन्धरा हुमागाई शोकमा, पिताको निधन

२०८३बैशाख५ शनिबार
काभ्रेपलान्चोक । बागमती प्रदेशकी पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईलाई पितृ शोक परेको छ। उनका पिता नारायण प्रसाद हुमागाईको आज बिहान काभ्रेको पनौतीस्थित निवासमा निधन भएको हो।
परिवार स्रोतका अनुसार ७४ वर्षीय हुमागाई लामो समयदेखि दमलगायतका रोगबाट पीडित हुनुहुन्थ्यो। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि आज बिहान उनको निधन भएको बताइएको छ।
उनको निधनप्रति विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

