प्रवासबिचार/ब्लगसमाचार
अबको पुर्नगठनकाे पाठ :- रामेश्वर आचार्य

पुर्नगठनको पाठ :
अबको दायित्व हरेक राज्य , त्यसका प्रणाली र प्रवृत्तिहरुका आफैमा भिन्न विशेषता र महत्त्व रहेको हुन्छ । राज्यसत्ता निर्माण , सँन्चालन र त्यसको फेरबदल पनि भैरहन्छन । त्यसलाई आन्तरिक र बाह्य दुबै पक्षले प्रभाव पार्छन । आजको प्रविधि र विश्वव्यापीकरणको युगमा त झन भुराजनितिले सजिलै प्रभाव , दवाव र सम्भावना दर्साउछन ।
दक्षिण एसिया र दोस्रो अनि तेस्रो विश्व भनिएका मुलुकहरु आज अन्तर्राष्ट्रिय युद्ध , सन्धि या सहजता र असहजता सबैमा प्रभावित छौ ।
त्यसमा पनि नेपाली राजनीति र राज्यसत्ताको सुरुवात चरणले नै बोकेको मकै पर्व देखि ०८२ भदौ २३/२४ र त्यस यता आउदै गर्दा बहुआयामिक बिशेषणले सजिएको पाइन्छ ।
त्यसका कोण र काइदा भिन्न होलान तर एक क्रान्तिका अवशेषले अर्को क्रान्ति बोलाइरहेको नेपाली समाज अझै केही समय यसरी नै गुज्रने कुरामा निश्चित प्राय देखिन्छ ।
यसबिच विभिन्न खाले आन्दोलन , शङ्घर्ष र अभियान मार्फत अघि बढिरहेको नेपाली बामपंथी आन्दोलन बढ्ता सिथिल बन्न पुगेको देखिन्छ । बाम विश्लेषक देखि बाम राजनीतिक कर्मिहरुसम्म ठोस परिस्थितिको वास्तविक मुल्यांकनमा चुकेको सजिलै बुझ्न सकिन्छ ।
विभिन्न क्रान्ति सम्पन्न गर्यौ भन्दै गर्दा हामीले युगिय चरण र त्यसको मुल्यांकनमा फेल त खाएनौ या अर्को निर्धारित युग प्रवेशको पाईला ,प्रयास र पहलकदमि पहिल्याउन त सकेनौ ?? यो एक गम्भीर प्रश्न बन्न सक्छ ।
हामीले हाम्रा आन्दोलनका उपलब्धि सँस्थागत गर्न र राज्यका निकायमा नेतृत्व गर्दैगर्दा उचित डेलिभरि दिन सकेनौं । पुरानो प्रशासनिक सँरचना र त्यसबाट नवीन डेलिभरि बिचको तालमेल मिलाउन प्रयास सार्थक भएन । समयानुकूल नीति , बिधि र प्रणाली अपडेट भएनन । यसका बिषयमा समयानुकूल सोच निर्माण आवश्यक थियो ।
हामीले दुई दशक अघि सामन्तवाद विरोधी क्रान्ति सम्पन्न गर्यौ भन्यौं तर त्यसको ठिक व्यवस्थापन गर्न नसक्दा नव सामन्तहरु पैदा भए र अनेकन सामन्तवादका स्वरुप देखा परे । जसले झन बिकटता थप्यो ।
अहिले हामी पुजीवाद र समाजवादको कुरामा ट ठ मिलाउन नपाउदै नवउदारवादि क्रान्ति सम्पन्न भयो । महल बजाउने होडमा ठडिएका हाम्रा आकाँक्षा र अहम ढल्दा आन्दोलनका झ्याल ढोका पनि बाकि रहेनन।
अब नया खालको इन्जिनियरिङ र टेक्निक चाहिएको छ । यसको सम्भावना , उपलब्धता र पर्याप्तता हिजो देखि आजसम्मका आन्दोलनका सिर्जनाकारहरु एक हुन जरुरि छ ।
हिजोका नव समान्तिय सँस्कृति र त्यसका परिधि तोडिन जरुरि छ अनि जरुरि छ कथित हाइकमाण्ड र त्यसको परिधि भित्रको गुप्त गोजि प्रणाली । गणेश प्रवृत्ति निर्माण गर्दै सिर्जनशिलता र रचनात्मकता मासिने प्रथा तोडिन जरुरि छ ।
अनि मात्रै फेरि नवीन , वस्तुपरक र वास्तविक अभियान / आन्दोलन निर्माण गर्न सकिन्छ । पुस्तान्तरण , रुपान्तरण र निरन्तरता अबको नवीन प्रयासको मार्ग हो । अनुभवबाट सिक्ने , नविनताबाट उत्साह लिने अनि जोस / उर्जालाई रुपान्तरणमा प्रयोग गर्न सफ्टवेयर निर्माण आवश्यक छ । अराजकता , एैजेरु र नव दासता हटाउदै जवाफदेहीता , पारदर्शिता र इमानदारीताका साथ फेरि नयाढङ्गले भिन्न उडान भर्न सोच , जोस , सिर्जनशीलताका साथ लागौ दुई / चार हावाहुरी कटेर फेरि सहजताको यात्रा अधि बढ्नेछ ।

