समाचार

तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल

काठमाडौं: अबको तीन वर्षभित्र काठमाडौँको चक्रपथमा मोनोरेल सञ्चालन हुने भएको छ। काठमाडौँ महानगरपालिकाद्वारा पारित चालू आर्थिक वर्षको बजेटमा यो जानकारी दिइएको हो। महानगरपालिकाले चालू आर्थिक वर्षमा १५ अर्ब पचास करोड ७० लाख १२ हजार रुपियाँ बजेट पारित गरेको जानकारी दिएको छ ।

चालू आर्थिक वर्ष २०७६/७७ को पारित बजेटबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा महानगर पालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले आगामी तीन वर्षभित्र चक्रपथमा मोनोरेल सञ्चालन गरिने कार्ययोजना तय गरिएको जानकारी दिए। काठमाडौँमा मोनोरेल सञ्चा लनका लागि सीसीआरसीले यसअघि नै सम्भाव्यता अध्ययन गरी सोको प्रतिवेदन महानगर पालिकालाई बुझाइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

चक्रपथमा मोनोरेल सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र ललितपुर महानग रपालिकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नका लागि चिनियाँ कम्पनी चाइना रेलवे २५औँ ब्युरोग्रुप कम्पनी लिमिटेड (सीआरसीसी) सँग यसअघि नै सम्झौता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *