समाचार
मास्क लगाउँन आनाकानी गर्ने ट्रम्प अन्तत: श्रीमतीसंगै कारेन्टिनमा

काठमाडौं, असोज १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महिला सल्लाहकारमा कोरोना देखिएपछि फर्स्ट लेडी मेलानिया ट्रम्पसँगै क्वारेन्टिनमा बसेका छन् ।
ट्रम्पका सहयोगी होप हिक्सलाई बिहिबार कोरोना पुष्टि भएको सीएनएनले उल्लेख गरेको छ । विहिबार राती एक ट्विट सार्वजनिक गर्दै ट्रम्पले ‘सानो छुट्टी पनि नलिइकनै होप हिक्सले निकै मिहिनेत गरेर काम गरिरहेकी थिइन् । उनलाई हालै कोरोनाको संक्रमण देखिएको छ । फर्ट लेडी र म आ–आफ्नो परीक्षणको नतिजा कुरिरहेका छौं । अहिलेको अवस्थामा हामी क्वारेन्टिन प्रक्रिया सुरु गर्छौं ।’ उल्लेख गरेका छन् ।

पछि विभिन्न स्रोतले दिएको सुझावको अधारमा भिडभाड भएको क्षेत्रमा उनले मास्क लगाउन तयार भएका थिए । अहिले उनले कोरोना परिक्षणसमेत गरेका छन् तर, परिक्षणको रिपोर्ट भने सार्वजनिक भएको छैन् ।
