प्रवासमनोरञ्जनविश्वसमाचार

शेर बहादुरकाे काेदाेबारी नफाँडेकाे बास्काेटाकाे दावी

फागुन,३०,शनिबार २०८२,
काभ्रेपलाञ्चोक । नेकपा एमालेका नेता गाेकुल बास्काेटाले सार्वजनिक रुपमा सामाजिक संजालमा धारणा राखेकाे विषयमा एमालेका अर्का नेता शेर बहादुर तामाङले गाली बर्षाएका छन् ।

सामाजिक संजालमै तामाङलाई उत्तर दिदै बास्काेटाले उनकाे काेदाेबारी फाँडिदिए जस्तो गरि आफू प्रती खनिएकाे टिप्पणी गरेका छन् । बास्काेटाले सामाजिक सञ्जालमार्फत पूर्वमन्त्री तथा नेता शेर बहादुर तामाङप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

नेता बास्काेटाले सार्वजनिक रूपमा लेख्दै तामाङले श्रीमती र आफ्नो व्यक्तिगत पद र स्वार्थका लागि पटक–पटक गुट परिवर्तन गरेको र पार्टी फूटाउन समेत भूमिका खेलेकाे आरोप लगाएका छन्। उनले तामाङकाे २०३८ सालदेखिकाे इतिहास हेरेर जर्ज गर्न समेत भनेका छन् ।

एमाले नेता बास्काेटाकाे सामाजिक संजालमा आउने स्ट्याटसले नेकपा एमालेकाे राजनीतिक वृत्तमा हलचल मच्चाउने गरेको छ। सामाजिक सञ्जालमा आएको उक्त टिप्पणीलाई लिएर स्थानीय स्तरदेखि राष्ट्रिय स्तरसम्म विभिन्न प्रतिक्रिया देखिन थालेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *