समाचार
भारतमा फेरि प्रधानमन्त्री बन्दै मोदी, के नेपालमा लगाउलान् नाकाबन्दी ? भयो यस्तो खुलासा
११ जेठ, काठमाडौं । भारतीय जनता पार्टीले भारतमा सरकार गठनको पहल सुरु गरेको छ । भारतीय जनता पार्टीको तर्फबाट अब नरेन्द्र मोदी फेरी प्रधानमन्त्री बन्नेछन् । लोकसभा चुनावमा प्रचण्ड बहुमत प्राप्त गरेपछि मोदी फेरी प्रधानमन्त्री बन्ने भएका हुन् । दोस्रो कार्यकालको लागि अब चाँडै उनले प्रधानमन्त्रीको रुपमा सपथ ग्रहण गर्दैछन् ।
५ सय ४३ मध्ये ५ सय ४२ सिटमा चुनाव भएको भारतीय निर्वाचन आयोगले जानकारी दिएको छ । निर्वाचन आयोगका अनुसार हिजो दिउँसोसम्म सबै निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ । निर्वाचनमा मोदीको पार्टी भारतीय जनता पार्टी एक्लैले ३ सय ३ निर्वाचन क्षेत्र कब्जा गरेको छ ।


५ सय ४३ मध्ये ५ सय ४२ सिटमा चुनाव भएकोमा भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय गणतान्त्रिक गठबन्धन (एनडीए) ले ३ सय ५० निर्वाचन क्षेत्रमा जित हात पारेको भारतीय निर्वाचन आयोगले जानकारी दिएको छ । सत्तारुढ दल भारतीय जनता पार्टीले प्रचण्ड बहुमत प्राप्त गरीरहँदा विपक्षी कांग्रेस जम्मा ५२ निर्वाचन क्षेत्रमा जित हात पारेको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार भारतीय कांग्रेसले ५२ निर्वाचन क्षेत्रमा जित हात पारेको छ भने उसको नेतृत्वमा रहेको संयुक्त प्रगतिशील गठबन्धनले ८५ निर्वाचन क्षेत्रमा जित हात पारेको हो । दक्षिणी छिमेकी भारतमा फेरी नरेन्द्र मोदीका सरकार आइरहँदा त्यसले नेपालमा कस्तो प्रभात पार्ला ? हामीले परराष्ट्रविद राजेश्वर आचार्यसँग कुराकानी गरेका छौ । भिडियोमा हेर्नुहोस् उनीसँग गरिएको कुराकानी ।


