समाचार

रास्वपा काभ्रे–२ का उमेदवार बदन भण्डारी र बालेन शाहको अर्थपूर्ण भेट

माघ ११, आइतबार, २०८२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रे क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार बदन कुमार भण्डारी र पार्टीका वरिष्ठ नेता बालेन शाहबीच राजनीतिक भेटघाट भएको छ।

आइतबार काठमाडौंमा भएको उक्त भेटमा समसामयिक राजनीति तथा चुनावी विषयमा छलफल भएको उम्मेदवार भण्डारीले जानकारी दिनु भयो। पार्टीले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका नेता शाहसँग भएको भेटलाई अर्थपूर्ण रूपमा लिनुपर्ने उहाँको भनाइ छ।

भेटघाटको अर्थबारे टुकी नेटवर्ककाे जिज्ञासामा भण्डारीले भन्नुभयो,“शाहलाई झापाबाट चुनाव जितेर आउन शुभकामना दिने अवसर मिल्यो। साथै मैले काभ्रेबाट चुनाव जित्ने आधार र रणनिताको समर्थनबारे जानकारी गराएँ।”

वरिष्ठ नेता शाह झापाबाट चुनावी कार्यक्रम सकेर आइतबार मात्रै काठमाडौं फर्कनु भएको हो। उहाँ माघ ६ गते मनोनयन दर्ताका लागि झापा पुग्नुभएको थियो भने त्यसपछि केही दिन त्यहाँ चुनावी सभाहरूमा व्यस्त रहनु भयो।

उक्त भेटलाई रास्वपाभित्रको आन्तरिक समन्वय र आगामी निर्वाचन रणनीतिसँग जोडेर हेरिएको छ।
#rsp
#BadanBhandari
#Kavre2
#BalenShah
#RabiLamichhane

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *