समाचार

अपुराे विकास याेजनामा प्राथमिकता – हुमागाँई

 

काभ्रेपलान्चोक । नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट काभ्रे क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बसुन्धरा हुमागाईले आजदेखि बेथानचौक गाउँपालिकामा घरदैलो अभियान सुरु गर्नुभएको छ।

अभियानका क्रममा उहाँले गत असोज ११ र १२ गते आएको बाढीका कारण धनजनको ठूलो क्षति हुनुका साथै धेरै नागरिक विस्थापित भएको उल्लेख गर्नुभयो।

आफू निर्वाचित भएमा उक्त समस्यालाई संघीय संसदमा उठाई समाधानका लागि प्राथमिकताका साथ पहल गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।

साथै, सो क्षेत्रमा अधुरा रहेका विकास निर्माणका योजनाहरूलाई प्राथमिकतामा राखी समयमै सम्पन्न गर्ने प्रतिबद्धता पनि हुमागाईले जनाउनुभयो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *