समाचार

पूर्व प्रधानमन्त्री ओलीको आरोप : विमानस्थलमा अपराधीसरह व्यवहार गरियो

माघ १० शनिबार ,२०८२
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूमाथि दुर्व्यवहार गरिएको आरोप सार्वजनिक रूपमा लगाउनु भएको छ।

शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत ओलीले विमानस्थलका कर्मचारीहरूले आवश्यकभन्दा बढी चेकजाँच गर्दै आफूलाई अपराधीसरह व्यवहार गरेको गुनासो गर्नुभयो। उहाँका अनुसार सुरक्षा जाँचका क्रममा सामान्य प्रक्रियाभन्दा फरक ढंगले व्यवहार गरिएको थियो।

पत्रकार सम्मेलनमा ओलीले भन्नुभयो, “मलाई त सुन तस्करजस्तै व्यवहार गरियो। के–के न ल्याएको जस्तो गरेर, नचिनेको जस्तो व्यवहार गरिन्छ।” उहाँले यस्तो व्यवहार पूर्व प्रधानमन्त्री तथा जिम्मेवार राजनीतिक नेतृत्वप्रति अस्वीकार्य भएको उल्लेख गर्नुभयो।

ओलीले राज्यका निकायहरूले सबै नागरिकप्रति समान व्यवहार गर्नुपर्ने भए पनि, मर्यादा र सम्मानको ख्याल गर्नुपर्नेमा जोड दिनुभयो। घटनाले सरकारी संयन्त्रको कार्यशैलीमाथि प्रश्न उठाएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भयो।यस विषयमा विमानस्थल प्रशासन वा सम्बन्धित निकायबाट भने औपचारिक प्रतिक्रिया आएको छैन।

#KPSharmaOli
#त्रिभुवनविमानस्थल
#दुर्व्यवहार
#नेकपाएमाले
#पूर्वप्रधानमन्त्री
#NepalPolitics
#BreakingNews
#Kathmandu

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *