समाचार
काभ्रेपलाञ्चोकका दुई निर्वाचन क्षेत्रमा ४२ उम्मेदवार मैदानमा

२०८२माघ ६ मंगलबार
काभ्रेपलान्चोक । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाका निर्वाचन क्षेत्र नम्बर १ र २ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ४२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावलीअनुसार काभ्रे–१ मा १८ जना र काभ्रे–२ मा २४ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। दुवै क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा नेमकिपा, मंगाेल नेश्नल अर्गनाइजेसन , जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेश्नल रिपव्लिक नेपाल ,नेपाली कम्युनिस्ट पार्टी ,प्रलाेपा, श्रम संस्ति पार्टि ,नेकपा माओवादी ,उज्यालो नेपाल पार्टी , रहेका छन् । समावेशी समाजवादी पार्टी ,संयुक्त नागरिक पार्टी र युवराज चौलागाईं ,जिवन लामा ,राजेश कुमार श्रेष्ठले स्वसतन्त उमेदवार दर्ता गराएका छन् ।
निर्वाचन क्षेत्र नम्बर २ मा विष्णु कुमार श्रेष्ठ , डिल्ली प्रसाद न्यौपाने ,आशा तामाङ , गणेश अधिकारी ,सिताराम मैनाली ,लेलेन विष्ट, केशब राज तिमल्सिना ,उमेश थापाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उमेर समूह हेर्दा २६ वर्षदेखि ६२ वर्षसम्मका उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

निर्वाचन आयोगका अनुसार उम्मेदवारहरू अहिले घरदैलो अभियान, चुनावी सभा र मतदाता भेटघाटमा सक्रिय भइसकेका छन्। आगामी निर्वाचनमा काभ्रेका मतदाताले कसलाई रोज्छन् भन्ने चासो बढ्दै गएको छ।

