समाचार

बढ्यो सुनचाँदीको मूल्य

१३ माघ,काठमाडौं । आज सोमबार सुनको मूल्य ५ सयले बढेको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ७६ हजार पुगेको छ । हिजो आइतबार ७५ हजार ५ सयमा सुनको कारोबार भएको थियो ।

छापावाल सुन प्रति दशग्राम ६५ हजार १ सय ६० अर्थात तोलाको ७६ हजार पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजार भाउ बढ्दा स्थानीय बजारमा सुनचाँदीको भाउँमा बृद्धि आएको महासंघले जनाएकोछ ।

यस्तै चाँदीको भाउँ पनि तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलाको ९ सय पुगेको महासंघले जनाएको छ । आइतबार तोलाको ८ सय ९५ मा कारोबार भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *