विजनेस
टिजिएसकाे नयाँ शाखा तारकेश्वरमा सुरु हुने

कार्तिक ,२०८२ शनिबार ,६
काठमाडौं । गुणस्तरीय तथा भरपर्दो निर्माण सामग्री एकै स्थानमा उपलब्ध गराउने उद्देश्यसहित तामाङ ग्रुप सप्लायर्स प्रा.लि. (TGS) ले आफ्नो नयाँ शाखा तारकेश्वर-६, चिसापानी, काठमाडौंमा स्थापना गर्दै भव्य उद्घाटन कार्यक्रम आयोजना गर्न लागेको छ।
कम्पनीले आगामी २०८२ मंसिर ६ गते, शनिबार बिहान ११ः०० बजे शाखा उद्घाटन गर्ने जनाएको छ।उद्घाटन समारोहलाई विशेष र आकर्षक बनाउनका लागि प्रसिद्ध कलाकारहरूद्वारा सांस्कृतिक प्रस्तुति समेत रहने कम्पनीले जनाएको छ।
उद्घाटनसँगै TGS ले घर निर्माण तथा आवश्यक सामग्रीहरू उत्पादक तथा थोकमै उपलब्ध गराउनेछ। उक्त हार्डवयरमा सिमेन्ट, डन्डी, बास, जस्तापाता,एड्जाल–पत्ती, धारा–फिटिङ, इलेक्ट्रिकल सामग्री,रड, टायल्स, प्लास, पेन्ट तथा सम्पूर्ण हार्डवेयरका सामान पाइने छ । उद्घाटनको अवसरमा विशेष छुट को व्यवस्था पनि गरिएको आयोजकले बताएको छ।


