मुरहरि रायमाझीको ‘गाउँ बिरानो भयो’ सार्वजनिक

+
-

शनिबार ,२०८२ असाेज २५

काभ्रेपलान्चोक । कवि मुरहरि रायमाझीको चौथो पुस्तक ‘गाउँ बिरानो भयो’  कविता संङग्रह लाेकार्पण गरिएको छ। प्रगतिशील लेखक संघ काभ्रेको आयाेजनामा  एक कार्यक्रमबीच बनेपामा लोकार्पण गरिएको छ । शिक्षाविद् विद्यानाथ कोइराला, साहित्यकार जीवेन्द्रदेव गिरी, हरि मञ्जुश्री, रक्तिम लामालगायतले संयुक्तरूपमा  सार्वजनिक गर्नु भयो ।

कविता र गजल लेखनमा परिचित रायमाझीको यसअघि दुई गजलसङ्ग्रह र एक कवितासङ्ग्रह प्रकाशित छ। कवितासङ्ग्रह ‘गाउँ बिरानो भयो’मा छन्द कविता, गजल, मुक्तक, हाइकु, साइनो गरी कविताका सात विधाका रचनाहरू समावेश छन् । एक सय ९६ पृष्ठकाे कृतिलाई तीन खण्डमा विभाजन गरिएको छ।

कृति` गाउँ विरानाे भयो´ माथि साहित्यकार  हरि मञ्जु श्रीले परिचर्चा गर्नु भएको थियो । प्रगतिशील लेखक संघ काभ्रेपलाञ्चोकले प्रत्येक महिना रचना वाचन तथा लेखक भेटघाट कार्यक्रम आयोजना गर्दै आएको छ ।