अ+
अ
अ-
भारतीय फिल्म ‘हनुमान अंश’ ले प्रदर्शनको ४१औँ दिनसम्ममा तीन सय करोड भारतीय रुपैयाँभन्दा बढी कमाइ गरेको छ।
फिल्मले बुधबार मात्रै भारतमा दुई करोड ३७ लाख भारतीय रुपैयाँ कमाएको जनाइएको छ। योसँगै फिल्म सन् २०२६ मा सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको शीर्ष १० सूचीमा परेको छ।
विशाल चतुर्वेदीको लेखन तथा निर्देशन रहेको फिल्ममा शोभिनाव सत्याले मुख्य भूमिका निर्वाह गरेका छन्।


