समाचार
सडक दुर्घटनामा दुई जनाकाे निधन

असार २४ मंगलबार ,२०८२
काभ्रेपलान्चोक । बि.पि. राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका वडा नम्बर २ सेल्फी डाँडा स्थित स्कुल बस र माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ।
नमोबुद्धबाट भकुण्डेबेशी तर्फ जाँदै गरेको बा.४ ख ७१ नम्बरको `सगुन बिद्या मन्दिर´को स्कुल बस र बिपरीत दिशाबाट आउदै गरेको बा ७१ प ६८८० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक नमोबुद्ध नगरपालिका वडा न.२ बस्ने २३ वर्षका को पासाङ तामाङ र माेटरसाइकल पछाडी बस्ने विजय तामाङ गम्भिर घाईते भएका थिए।
घाइते दुबै जनाकाे उपचारको लागि धुलिखेल अस्पताल पठाईएको थियो । उनिहरु दुवै जनाकाे उपचारको क्रममा निधनकाे प्रहरी स्राेतले जनाएको छ।
(तस्बिर:- गुगल साभार )

