समाचार
केन्द्रीय सदस्य संग्रौलाकाे प्रतिकृया माथि पार्टीको ध्यानाकर्षण भएको छ:- नेता खनाल

माघ,१७ बिहीबार ,२०८१
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा संघीय सांसद शिशिर खनालले पार्टीको, केन्द्रीय सदस्य ज्वाला संग्रौलाले सामाजिक संजालमा उठाएको विषयमा ध्यानाकर्षण भएको बताउनु भएको छ। संग्रौलाले केही दिन अधि सामाजिक संजाल मार्फत एमाले नेता महेश बस्नेतलाई लक्षित गर्दै,रास्वपा सभापति रवी लामिछाने गृहमन्त्री हुँदा बलत्कार मुद्दामा उन्मुक्ति दिएको खुलासा गर्नु भएको थियो ।
उक्त कुरा संचार माध्यममा सार्वजनिक भएपछि पार्टीका केही नेताहरुले पनि टिका- टिप्पणी गरेका थिए। उहाँकाे भनाइ प्रती प्रतिकृया आए पश्चात् संग्रौलाले पार्टीकै नेताहरु लक्षित अर्काे स्ट्याटस लेख्नु भएको थियो । उहाँले ,` सबैको नराम्रो कर्तुत के छ,आफुलाई थाहा भएको ,पार्टी त्यस्तै मान्छेको झुण्डकाे कारण गनाएकाे,आबाश्यक परे सबैको पर्दाफास गरिदिने चेतावनी दिनु भएको थियो।´
रास्वपाका नेता,कार्यकर्ता माथि यस्तो आराेप लगाइरहँदा संग्रौलालाई चाहिँ पार्टीले किन कार्वाही नगरेकाे? भनी प्रश्न उठेकाे छ। रास्वपामा दुई थरी मतहरु देखिन थालेकाे छ। काेही संग्रौलालाई कार्वाही गर्नु पर्ने पक्षमा छन भने काेही उनकाे बचाउमा उत्रिएका छन् ।
सभापतिकाे गतिविधि सार्वजनिक गर्ने मुकुल ढकाललाई पार्टीले कार्वाही गरेकाे तर पार्टीलाई क्षति पुग्ने गरि सामाजिक संजालमा लेख्ने संग्रौलालाई स्पस्टिकरण पनि नसाेधेकाेमा नेतृत्व माथि प्रश्न उठन थालेको छ। सरकारले ल्याएकाे संचार विधेयक माथि छलफल हुने क्रममा नेता खनालले नेतृ संग्रौलाकाे प्रतिकृया उपर पार्टीको ध्यानाकर्षण भएको उहाँले बताउनु भएको हो ।

