समाचार
मण्डनदेउपुर नगरपालिकाकाे आ.ब.०८२/८३ काे निति तथा कार्यक्रम

असार, १० मंगलबार ,२०८२
काभ्रेपलान्चोक । मण्डनदेउपुर नगरपालिकाकाे सत्रौं नगर सभाले आर्थिक वर्ष २०८२/८३ काे नीति तथा कार्यक्रम पास गरेकाे छ। नगर प्रमुख टाेक बहादुर वाइबाले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रममा सामुदायिक विद्यालयलाई उपलब्ध गराउँदै आएको इन्टरनेट सेवा-सुविधालाई निरन्तर दिनुका साथै शिक्षा, स्वास्थ ,सामाजिक विकास ,पुर्वाधार विकास ,खानेपानी ,सरसफाइ र न्याय-निरुपण जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ।
`सबृद्ध देउपुर र मण्डन, कृषि उद्दम र पर्यटन´भन्ने मुल नारालाई अंगिकार गरि तयार गरिएको बजेटमा पुर्वाधार विकासमा नगर भित्र निर्माण भएका सडकहरुले चर्चेकाे निजी स्वामित्वका जग्गा रेखांकन गरि लगत कट्टा गर्ने,विद्दुत प्राधिकारणकाे सहयोगमा सडक बत्ति राख्ने, कृषिका क्षेत्रबाट उत्पादन भएका सामाग्री राख्ने गाेदामघर, शीत भण्डार र संकलन केन्द्र तथा हाट बजार व्यवस्थापन गर्न दातृ निकाय संग सहकार्य गरिने उल्लेख गरिएको छ।
नगरपालिकाले कृषि विमामा ५० प्रतिसत लगानी गर्ने छ भने बजारमा उत्पादित तयारी पेय पदार्थलाई निरुत्साहित गरि स्थानीय उत्पादन माेही ,लस्सिलाई ब्राण्डिङ गर्ने प्राेत्साहन गर्ने लक्ष्य लिएको छ। हाेमस्टे संचालनलाई प्र ाथमिकता दिनुका साथै माटाे परीक्षण ल्याव संचालन गरी सबै वडामा कृषि प्राविधिक राखिने छ व्यवस्था गरिने छ। स्थानीय कृषकहरुकाे लागि वातावरणीय मैत्री कृषि उत्पादनमा जाेड दिदै विषादी प्रयाेग न्युनिकरणमा नगरले भूमिका खेल्ने छ। ,बुद्दचित्तलाई व्यवसायिक खेतिकाे रुपमा प्राेत्साहन गर्ने तर्फ योजना बनाउन लागिने छ।
राेजगारी सिर्जना गर्ने उदेश्यले लघु,मध्यम र दिर्धकालीन उद्योगलाई विकास गर्ने र पर्यटन प्रबर्धनकाे निम्ति नगरकाेट, ठुलिचौर, थामिडाडालाई व्यापक सदुपयोग गर्ने याेजनामा नगरपालिकाले पहल गर्ने छ। खानेपानी १ घर १ धारा अबधारणालाई साकार पार्ने` वृहत् सुख्खा खानेपानी आयाेजना´ पूरा गरी खानेपानी अभाब पूरा गर्नुका साथै खानेपानी व्यवस्थापनकाे लागी जग्गा उपलब्ध गराउन विविध खाले पहल गरिने छ।
नगर भित्रका हरेक स्वास्थ संस्थामा`इलेक्ट्रोनिक हेल्थ म्यानेजमेन्ट इन्फरमेसन सिस्टम´लागू हुने छ र नगर स्तरीय अस्पताल स्तराेन्नतिमा जाेड दिइने बताइएको छ। नगर स्तरीय खेलकुदलाई जाेड दिई नगर बाहिर पनि खेलाडीहरु बीच खेलकुद प्रतिस्पर्धा गराउने व्यवस्था गरिन्छ । नगरमा युवा तथा खेलकुद परिषद गठन हुने छ । सरकारी सेवामा प्रवेश गर्न चाहनेलाई कक्षा लिन `तयारी कक्षा´ संचालनकाे लागी निजी संस्थालाई अनुमति दिइने छ।
डेडीथुम्का माध्यामिक विद्यालयमा २०८३ बाट प्रविधिक शिक्षा पढाइ सुरु गरिने ,युवालाई सीप र दक्षता सहित राेजगारी सिर्जना गर्ने उदेश्यले मण्डनदेउपुर नगर प्राविधिक तालिम केन्द्र स्थापना हुने सुनिश्चितता प्रदान गरिएको छ।
जलवायु उत्थानशिलता सम्बन्धि सुचना तथा तथ्यांक संकलन गरि जनधनकाे क्षति न्युनिकरण गर्न पूर्व तयारी गर्न भूमिका खेलिने छ भने नदी कटान तथा विपदबाट क्षति भएका नागरीकको क्षेत्रमा राेकथाम तथा पूर्णनिर्माणमा नगरले काम गर्ने छ। नगरपालिकाका जनप्रतिनिधि ,सरकारी कार्मचारी ,शिक्षक, विद्यार्थीले अनिवार्य रुपमा नेपालमा बनेकाे पाेशाक लागउनु पर्ने नयाँ व्यवस्था गरिएकाे

