समाचार
मुन्नीलाई कुरि रहेका दर्शकहरु निरा*श
काठमाडौं । पछिल्लो दुई श्रृंखलामा ‘मुन्नी’को भूमिकामा देखिएकी प्रियना आचार्य निकै लोकप्रिय बनेकी छिन । सामाजिक संजालाहरुमा उनको निकै चर्चा रहेको छ । नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलको पछिल्लो दुई श्रृंखलामा मुन्नीुको भूमिकामा देखिएकी प्रियनालाई तेस्रो श्रृंखलामा देख्न पाइएला कि नपाइएला भनेर धेरै दर्शकहरू कौतुहल थिए । अब त्यो कौतुहलता अझै केही दिन रहने भएको छ ।
नेपाल टेलिभिजनबाट प्रशारण हुने लोकप्रिय हास्य टेलिश्रृंखला भद्रगोलको गत साताको नयाँ श्रंखलाको प्रशारण रोकिएपछि यसका शुभ चिन्तकहरू निराश बनेका छन्। भद्रगोलको नयाँ श्रृंखलाको पर्खाइमा रहेका दर्शकहरू अन्योलमा रहेका बेला भद्रगोलकै एक कला कारले भद्रगोल रोकिनुको कारण खुलाएका छन् । भद्रगोलमा एकदुमेको भूमिकामा अभिनय गर्ने कलाकार सुवोध गौतमले नयाँ आर्थिक वर्ष शुरू भएपछि नवीकरण लगायतका प्रक्रिया पूरा नभएकाले भद्रगोल रोकिएको सन्देश फेसबूकमा लेखेका छन् ।
नयाँ आर्थिक वर्षको शुरूवातसँगै भद्रगोल सर्जकहरू र मिडिया एजेन्सी बीचमा नयाँ सम्झौता गर्नु पर्ने भएको हुँदा नयाँ सम्झौता प्रक्रिया पूरा नहुञ्जेल केही हप्ता नयाँ भाग भद्रगोल प्रशारण हुन नसक्ने कुरा जानकारी गराउँद छौं। नयाँ सम्झौता प्रक्रिया पूरा हुनासाथ फेरि हामी नयाँ भाग लिएर आउने छौं । यसबाट दर्शक महानुभावमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं । भद्रगोल परिवार । गौतमले फेसबूकमा लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्


