समाचार

रास्वपा र राप्रपाको एउटै नीति आज पनि संसदकाे बैठक बहिष्कार

असार ६ शुक्रबार ,२०८२
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले आजको प्रतिनिधी सभा बैठक बहिष्कार गरेको छ। रास्वपाले गृहमन्त्री रमेश लेखककाे राजिनामा माग्दै संसद अबरुद्ध गर्दै आएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलकाे अध्यागमन स्थित भिजिट भिषा प्रकरणमा गृहमन्त्रीको नाम जाेडिएकाे छ।

संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपाकाे आज एउटै लाइन देखिएको छ। यस अधि रास्वपाले संसदमा नियमित नारा बाजि गर्दै आएको थियो भने राप्रपाले बहिष्कार गरेकाे थियो । आज रास्वपा र राप्रपाले बहिष्कारकाे नीति अबलम्बन गरेका छन् ।

संसदीय छानबिन समिति बनाएर अनुसन्धान नगरेसम्म संसद बहिष्कार गर्ने रणनिति तय भएको राप्रपाका एक नेताले बताएका छन् । संसदमा पलेटि कसेर विराेध जनाएको रास्वपाले पनि बहिष्कारकाे नीति लिएको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *