समाचार

गगन थापाको आरोप– ‘ओली सरकारले संघीयता चलाउन सकेन’

सुर्खेत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले वर्तमान सरकारले संघीयता चलाउन नसकेको आरोप लगाएका छन् । सुर्खेतमा बिहीबार आयोजित नेता तथा कार्यकता भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संघीयता चलाउन नसकेको आरोप लगाएका हुन्।

‘केपी ओली नेतृत्वको सरकार बलियो सरकार हो’ उनले भने,‘ सरकारले संविधानको कार्यान्वयन, संरचनाहरु निर्माण र गर्वका काम जनतालाई देखाओस् भन्ने अपेक्षा कांग्रेसको हो। तर ओली नेतृत्वको सरकारले संघीय व्यवस्थामा पनि काम गर्न सकेन।’

‘संघीय व्यवस्थालाई बलियो बनाउन सरकारले ढंगले काम गर्न सकेन, कांग्रेसलाई डर त्यहाँ हो’, उनले भने,‘संघीय र एकात्मक नेपाल एउटै होइन। कर्णाली प्रदेश नामको मात्रै होइन, यो एक वर्षको अनुभवबाट सरकारको संघीयता ठिक ढंगले सञ्चालन भएको छैन।’

संघीयता कार्यान्वयनमा क्षमताको मात्रै नभई नियतीको कुरा पनि जोडिएको उनले बताए। ‘प्रधानमन्त्री संघीयतामा चरम अरुची राख्ने व्यक्ति हुनुहुन्थ्यो, पटक–पटक नेपालमा संघीयता चल्दैन भन्नुभएको छ’, उनले भने,‘देशमा ७ सय ५३ सरकार छन्। सात वटा प्रदेश सरकार छन्। उहाँ नेपालको प्रधानमन्त्री हुनुहुन्छ। प्रदेश र स्थानीय सरकारले गर्ने केही कामहरु छन्। अधिकार दिन केन्द्र सरकारले मानेको छैन।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *