समाचार

पनौती ९ ले बुझायो स्थानीय सरकारलाई मागपत्र

काभ्रे । `सुशासन र राेजगार समाजवादकाे आधार´भन्ने मूल नारा सहित देशभरि चलाइएको अभियान वडा स्तरमा पनि सुरु भएको छ। स्थानीय तहदेखि केन्द्रसम्म विभिन्न माग सहित राज्यलाई सचेत गराउने उदेश्यले नेकपा एकीकृत समाजवादीकाे देशब्यापी अभियान सुरु भएको थियो । यस्तै अभियानमा पनौती नगरपालिका वडा नम्बर ९ ले निरन्तरता पाएकाे हो ।

आइतबार एक कार्यक्रम बीच नेकपा(एकीकृत समाजवादी) वडा कमिटी इन्चार्ज केबल रम्तेलले वडाका समस्या र विकासमा समाबेशीता सहितकाे मागपत्र बुझाउनु भएको छ। पनौती नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्षलाई उक्त मागपत्र बुझाइएको हो ।

साे ४८ बुँदामा प्रस्तुत मागपत्रमा वडा भित्रका नागरिकले भाेग्नु परेका समस्याको जानकारी गराइएको छ। मागपत्र भनिएको छ, “वडा भित्रका कृषि,यातायात ,सडक ,पर्यटन , छुवाछूत , शिक्षा ,स्वस्थ्य आदिकाे दिगो समाधानका निम्ति स्थानीय सरकारले ध्यान दिनु पर्ने उल्लेख गरिएको छ। ´´

कृषिले लगाएका बालिनालीमा बन्यजन्तुले दिएको दु: ख सिंचाइकाे समस्या ,विद्दुत , बालबालिकाकाे शिक्षा ,पाेषण तथा स्याहारसुसारमा राज्यको उचित निगरानी नपुगेकाे र तिनकाे पहिचान गरि समाधानको लागि पहल गर्न इन्चार्ज रम्तेलले जारी गरेको पत्रमा अनुराेध गरिएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *