समाचार
लायन्स क्लब अफ गाेसाइस्थानकाे अध्यक्षमा आशिष के सि

काभ्रेपलान्चोक । लायन्स क्लव अफ गोसाईस्थान काभ्रेको ३२५ आईको नयाँ नेतृत्व चयन गरिएको छ। क्लबकाे अध्यक्ष आशिष् के.सि. निर्वाचित हुनु भएको हो । के सि यस अधि प्रथम उपाध्यक्ष रहेर सेवा गरिरहनु भएको थियो ।
यस्तै प्रथम उपाध्यक्ष हरी कुमार ठकुरी ,उपाध्यक्ष मन्जु थापा ,सचिव जय राम के सी ,उप सचिवद्वय कुमार मानन्धर र सिव प्रसाद पौडेल ,कोषाध्यमा समिर हमाल ,प्रसासकिय रेश्मा थापा,सदस्य राज कुमार के सी ,रुपा कार्की निरौला ,सजल हुमागाई ,सुरेन्द्र शाह, दिनेस खरेल ,सन्तोष दाहाल ,प्रदिप न्यौपाने रहनु भएको छ।
लायन्स क्लब अफ गाेसाइस्थान काभ्रेको संस्थापक अध्यक्ष भेषराज शाह हुनुहुन्थ्यो । उहाँले दुई कार्यकाल सफलता पूर्वक अध्यक्ष भएर क्लबलाई माथि पुर्याउनु भएको थियो । गाेसाइस्थान काभ्रेले जिल्लाका विभिन्न भेगमा विपदकाे समय राहत र उद्दारकाे कार्य गरेकाे छ।
