समाचार

आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने

बैशाख १९ शुक्रबार ,२०८१
काठमाडौं। नेकपा एकीकृत समाजवादी निकट नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) को दोस्रो राष्ट्रिय महाधिवेशन वैशाख २० र २१ गते काठमाडौंमा हुने भएको छ ।बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आफ्नो दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी समेत पुरा भइसकेको जनाएको छ ।

महाधिवेशनमा देशभरमा ३५ जातीय घटक संघ, ७ प्रदेश महासंघ र ७० जिल्ला महासंघबाट करिब ६ सय बढी प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहने नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) का अध्यक्ष वीर बहादुर बुढाथोकी मगरले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने महाधिवेशनमा सम्मानित नेता झलनाथ खनालको विशेष आतिथ्यता रहने छ । महाधिवेशनबाट नयाँ कार्यसमिति चयन गर्ने महासंघका महासचिव चन्द्र तामाङले बताए ।

महाधिवेशनमार्फत विभिन्न प्रस्तावका साथै राजनीतिक तथा सांगठनीतक प्रतिवेदन पारित हुने अध्यक्ष मगरले बताए । सम्मेलनलाई सम्बोधन गर्दै मगरले विभिन्न समुदायको अधिकार स्थापित गरिएको संविधानको रक्षा गर्दै कार्यान्वयन गर्ने वातावरण बनाउन माग गरे । मुलुकको व्यवस्था विरुद्ध देखिएको अराजक प्रवृत्तिलाई निरुत्साहित गर्न राज्य गम्भीर हुनुपर्ने उनको भनाइ छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *