विक्रम सम्वत २०७९ साल सालमा एउटा कलिलो किशोरले आफ्नो कृति त्यो पनि आख्यानत्मक कृति उपन्यास लिएर देखा पर्लान् भनेर कसैले कल्पनासम्म पनि गरेका थिएनन् तर कल्पना कसैले नगरे पनि नपत्याउने खोलाले बगाए झैँ भयो यो नेपाली साहित्यको आधुनिक संसारमा ।
इन्डिको इन्क प्राली अदौत्मार्ग काठमाडौँले प्रकाशनमा ल्याएको उनको यो कृति पहिलो संस्करण २०७९ सालमा प्रकाशित भएको हो। यो कृतिले उनि जति सन्तुष्ट छन् त्यो भन्दा बढी सन्तुष्ट अरु पाठक पनि छन् रूपिका कृतिको पठनले। यो रूपिका उपन्यासमा रूपकी खानी, रूपिका कै प्रेमबाट केशर अति प्रभावित छन। रूपिका रूपकी मात्र रूपिका नभई असल व्यवहार र आचरणकि पनि रूपिका भएकी छन यस उपन्यासमा । हुन त प्रेम भावजस्तो अर्को कुनै शक्तिशाली भाव छैन यो उपन्यासमा त्यसैले पनि उपन्यासकार केशव घिमिरे पनि आफू कहिँ कतै प्रेममा परेर कलिलै उमेरमा आफ्नै रूपिकाको प्रेममा अलमलिएर प्रेम विषयमा आधारित भएर यो उपन्यास लेखेको जस्तो मलाई लागेर आउँछ। प्रेमलाई नै सर्वोपरि देखाउने हिसाबले लेखिएको यो आख्यानत्मक महाकाव्य पढ्दा, सुन्दा र हेर्दा कलिलै उमेरमा यी आख्यानका सगरमाथा बनेका उपन्यासकार घिमिरेले पछि गएर केही अझै धेरै नेपाली आख्यान साहित्यलाई एक उचाइमा पुराउन सक्छन् जस्तो मलाई लागेर आउँछ र लाग्छ पनि यो लाग्नु मेरो लागि कुनै आश्चर्यको कुरो पनि होइन । प्राय गाउँले समाजको वस्तुस्थितिको चित्रण विशेष केन्द्रित रहेको यो उपन्यासका केही परिवेशहरु सहरमा पनि केन्द्रित छन् रुपिका क्षेत्री र केशर शर्मा पात्रहरू हुन्। अर्थात् केशर ठूलो जात, जात नमिले पनि दुवैको लामो समयको प्रेम वैवाहिक जीवनमा यहाँ रूपान्तरण भएको छ ।
यहाँ रुपिका र उनको परिवारले समाजको जातीयताको जालोलाई बिस्तारै भएपनि तोडेको र तोड्न सफल भएका छन्। केशर पात्रले पुरुष सत्ता कमजोर भएको कारणले गर्दा प्रेमलाई आफै स्वतन्त्र ढङ्गले अगाडि बढाउन सकेको छैन। केशरले चाहेर पनि केही हुँदैन हाम्रो जस्तो रूढीवादी, पुरातन, पश्चगमन समाजमा पनि प्रेमका सौहार्दता एक त छँदैछ तर यसका साथसाथै पारिवारिक मर्यादा पनि छ। हुन त मानिसको जात मानिस नै हो। एक पुरुष र नारी नै पनि हो। यो बुझेको खण्डमा प्रत्येक व्यक्ति समाज र परिवारले जातीयताको जालो तोड्न सक्छ जातीयताको जालो तोड्न सकेमा कसैले पनि दुई आत्मा बीचको एक मेललाई कुण्ठित गर्न पर्दैन भन्ने सन्देश उपन्यासकार घिमिरेको रूपीका उपन्यासले दिएको छ । उनी र उनीहरु दुई परिवारको सद्भाव र सहयोगले नै एकले अर्कालाई एक पनि गराएको छ । उनीहरूको वियोगान्त प्रेमलाई संयोगान्त पनि बनाएको छ। तसर्थ उनीहरुको स्वइच्छाले बाँचेको जीवनमा मलाई कुनै गुनासो पनि छैन न त दुखेसो नै ।
त्यही समाजको र सहरको परिवेशमा भुसको आगोसरी सल्किएर वर्गीयभन्दा पनि व्यक्ति चरित्र बन्न पुगेको यो उनको उपन्यास रूपीका युनिक र परम्परागत समाजबीचको द्वन्दको प्रस्तुति पनि हो। खुल्ला पवित्र प्रेमको दस्ताबेजीकरण पनि हुन । केशर शर्मा र रूपीका क्षेत्री बीचको गोप्य प्रेम वा आत्मीय प्रेम विवाहमा परिणत भई यसरी सुखान्त,संयोगान्त र जीवन्तता पाउला भनेर यो उपन्यास रूपीका पढेर मैले परिकल्पना पनि गरेको थिइन तर मेरो कल्पना बाहिर पुगेर यो उपन्यासको जुन कथावस्तु अघि बढ्यो त्यसले गर्दा उपन्यासकार केशव घिमिरे म भन्दा अलि पाका आख्यानकार रहेछन् कि जस्तो मलाई लागेर आयो। जति पढे पनि पढ्न मन लाग्ने छोड्नै मन नलाग्ने उनको उपन्यासले नेपाली साहित्यको संसारमा साँच्चै एउटा इटा थपेको छ। परिपक्कको घर निर्माणको लागि आफू केशव भएर होला र के सँग मिल्ने अर्को नाम केशरको परिकल्पना उनले गरेका अनि उनको प्रियसी वा प्रेमिकाको नाम पनि रुबाट आउने भएर होला रुसँग मिल्ने अर्को नाम रूपिकको परिकल्पना उनले गरेका । प्रेमको रूपान्तरित रूपिकादार, वासनादार फुल र सौन्दर्य जताततै छारेको । आँसु मरिमेटी प्रेमको नै वकालत गरेको उनको भेटसँगै पाएको उनको कृति रूपिकाले मेरो मनको रुपमा जुन प्रेमको सगु खकार स हार्दिकतावादी स सौहार्दता बादी प्रकाश र आत्मीयताको प्रगाडता झन् बढ्यो। त्यसको ऋण तिर्न नसके मैले रूपिकाको बारेमा केही लेख्न वास्तवमा कर लाग्यो उनीसँगको उठ बस भेटघाटले त झनै अमानतावादी संसारको सार नै प्रेमताले फाट्यो अमर अजरताले बढ्यो। तसर्थ मेरो नमन मेरो प्रिय साथी केशव घिमिरे अमर अजर नेपाली साहित्यमा सदा नमर्ने स्रष्टा हरूलाई भावका सार गजब बेजोड पूर्वक खेलाउने केशव साथी उत्तरलाई अक्कल लाई रेखादेवी घिमिरे, भीमप्रसाद घिमिरे, सागरप्रसाद बराल र मिङमा लामामा आभार प्रकट गरी रचिएको यो उपन्यास हरेक कारणले सफल र सबल आख्यानले आख्यानिक करण गरिएको नेपाली साहित्यकै एक उत्कृष्ट उपन्यास हो। हिराकाजी नै काजीबा हुन्। यस उपन्यासका जो दयालु मायालु स्वभावका र समाजसेवी हृदयका व्यक्ति पनि हुन्। उनी नामुक ऋण दिने साहु पनि हुन् । उनकै छोरी रूपीका हुन् जसको बत्तीसै लक्षणको चर्चा गरी साध्य छैन।
रूपीकामा समाज परिवर्तनका लागि उचित विषयवस्तुहरूका मासुमले पात्रहरूलाई लेखकले स्पष्ट व्यवस्थापन गरेका समेत छन्। उनी आफ्नो लेखनमा उनी इमान्दार र स्पष्ट पनि छन् जीवन धान्न सङ्घर्षशील केशवले आफ्नो उपन्यास मार्फत समय र जीवनको विविध घटना क्रम तस्वीर वा उतारचढावलाई पनि पस्केका छन् समाजको यथार्थ, समसामयिक जातीय विभेद, रूढीवादी, अन्याय अत्याचार, मिलनबिछोड, प्राप्ति अप्राप्ति र दुःख सुख जस्ता सौन्दर्यदायी चिन्तनलाई बुनेर वर्तमान विद्यार्थीहरूको जीवनको वासनादार प्रेमको स्वरूपलाई मानवीय प्रेममा स्थान्तरण र रूपान्तरण गर्ने प्रमुख उद्देश्यका साथ उनले यो उपन्यास लेखेका छन् । प्रेमका लागि मार्मिक तथा कारुणिक अवस्थाहरू उनी आफैंले उपन्यासमा सिर्जना गरेर निकै पठनीय बनाएका छन् निम्न वर्गको सुरक्षा चेतना र विकासको स्थितिलाई चरीतार्थ गर्न शब्द चित्रात्मक अभिव्यक्तिका साथ रचिएको यो उपन्यासको लिपिबद्ध, क्रमबद्ध, आख्यानीकरणमा भने उनी चुकेकै छन् कहीँ कतै नराम्ररी।


