संविधानप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री साह

+
-

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले विद्यमान संविधानप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।

संविधान दिवसको अवसरमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले संविधानको भावना र मर्मविपरीत सरकार नजाने बताउनुभयो।

उहाँले संविधान जति राम्रो भए पनि संविधानलाई कार्यान्वयन गर्ने हातहरू क्रियाशील नभए संविधान कागजमा मात्र सीमित हुने बताउनुभयो।

प्रधानमन्त्री साहले भन्नुभयो, ‘संविधान जति राम्रो भए पनि संविधानलाई चलाउने हातहरू क्रियाशील थिएनन् भने त्यो कागजमा मात्र सीमित थियो। हामीले यो कुरा बिर्सिएका छैनौँ।’

सरकारले सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न संविधानको मूल मर्ममा रहेर काम गरिरहेको उहाँले बताउनुभयो। साथै, सरकारले दण्डहीनताको जरो उखेल्ने दिशामा काम गरिरहेको प्रधानमन्त्री साहको भनाइ छ।