समाचार
गजल :- अनमाेल मुस्कान

गजल:- अनमाेल मुस्कान
कहाँ खुसीले रमाएको हुँ र म त आमा बेचिएकी शहरमा छु
पुर्खाले साँचेर राखेको त्यही आज पुरानो खरको घरमा छु।
मान्छे झैँ हुँदो रहेछ दानव पनि मलाई थाहा थिएन साँच्चै नै
गाउँभरि राक्षस पसेको छ रे त्यसैले म खोलाको बगरमा छु।
आफ्नै छोरा यति बैमानी हुन्छ भन्ने थाहा भएन आमालाई
अब आमा फर्काएर ल्याउने केवल इश्वरको मात्रै भरमा छु ।
कसैले नपाएको दुःख भो हामीलाई आमा बेचिएपछि झन्
जाडो थाम्नै गाह्रो आजकल म त यहाँ पातलो च्यादरमा छु।
भविष्य के होला सपनीमा पनि झस्केर ब्युझन्छु हिजोआज
खान पनि राम्रोसँग पाईने हो कि नाइँ यहीँ कुराको डरमा छु।
✍🏻 अनमोल मुस्कान
तकदाह छाउनी,
दार्जिलिङ।



