समाचार

अविरल जनसाहित्य यात्राको ९६औं श्रृङ्खलामा कवि दिल पौडेलको घन्कियो दर्जन कविता

जयराम बिडारी,फागुन १०

काठमाण्डौ।अविरल जनसाहित्य यात्राको ९६औं श्रृङ्खलामा सशक्त प्रगतिवादी कवि दिल पौडेलको दर्जन कविता वाचन गरिएका छन् ।

राष्ट्रिय जनसास्कृतिक सङघ नेपालका अध्यक्ष रामविनय श्रेष्ठको अध्यक्षतामा सम्पन्न विशेष समारोहमा प्रमुख अतिथिका रुपमा राष्ट्रीय जनसांस्कृतिक महासंघका महासचिव अशोक राई , समीक्षक प्रा. डा. पशुपतिनाथ तिमल्सेना, साहित्यकार नर्मदेश्वरी सत्याल ,कविकी सहधर्मिणी सुमिता पौडेल लगायत करिव पाँच दर्जनका संख्यामा साहित्यानुरागीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अविरल जनसाहित्य यात्रा संयोजक समितिका संयोजक डा.हरिप्रसाद सिलवालद्वारा कविनायक पौडेलको व्यक्तित्व तथा कृतित्वमाथी प्रकाश पार्दै कवि पौडेलले २०५० देखी आख्यानबाट सुरुवात गरिएको साहित्य सिर्जनशीलता निरन्तर रुपमा कायम राखी सिरजनशील कर्म कात्रोमा मेरो देश संस्मरण संग्रह ,हाइकु संग्रह ,मेरो देशको सेल्फी ,सुनैको दरवार , गीत लेख्ने सर्जक पनि हुन् दिल पौडेल , दुधौली साहित्य
संलग्नता दुधौली साहित्य प्रतिष्ठानका संस्थापक कुलपति ,नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्षका रुपमा पनि सक्रिय र क्रियाशील रहेको परिचर्चा गरेका छन् ।

देबु लुईँटेलद्वारा सहजीकरण गरिएको उक्त कार्यक्रममा माधव घिमिरे अटल , युवराज नास्तिक ,महेश प्रसाईं डम्बर पहाडी ‘एलाक’ दिनविनोद खड्का,देवी पराजुली सुमिता पौडेल लगायतले कविता वाचनमा सहकार्य गरेका थिए । पहिलो कविता वाचनको घुम्टो उघार्दै कवि पौडेलले शहीदको ब्लुप्रिन्ट कविता प्रस्तुत गरेका थिए । यसैक्रममा दोश्रो कविता नागार्जुन वाङ्मय प्रतिष्ठानका महासचिव युवराज नास्तिकद्वारा सिडियोको सेतो घोडा वाचन गरिएको थियो । विसंगति प्रति आगो ओकल्ने कविता बुढो मसान कविता सर्जक स्वयंले वाचन गरेका थिए । महेश प्रसाईद्वारा माइतिघर मण्डलाको नेक्सस वाचनका क्रममा अविरल जनसाहित्य यात्रामा पहिलोपटक आउन पाएकोमा खुशी लागेको बताउँदै माइतीघर मण्डलाको नेक्सस शीर्षकीय कविता वाचन गरेका थिए । कमलाखोचका सर्प शीर्षकीय कविता सर्जक स्वयंले वाचन गरे । यसैगरि गीतकार तथा निजामती कर्मचारी देवी पराजुलीद्वारा मेयरसाव कविता वाचन गरिन् । कार्यक्रममा सोभियत रुसको पक्षमा शीर्षकीय कविता कवि स्वयंले वाचन गरे ।

डम्बर पहाडी एलाकद्वारा तानाशाहका जुत्ता नामक कविता वाचन गरिएको थियो भने कविकी सहधर्मिणी सुमिता पौडेलद्वारा हाइकु वाचन ,कवि ,समीक्षक माधव घिमिरे ‘अटलद्वारा’ भिमानको सालिक , दिनविनोद खड्काद्वारा कान्लाको टाँकी फूल ,वाचन गरेका थिए भने कवि स्वयंले डुक्पा महाराजको लङ्गेम कविता वाचन गरेका थिए ।

उक्त कार्यक्रममाा समीक्षकका भूमिकामा रहेका प्रा. डा. पशुपतिनाथ तिमल्सेनाद्वारा कवि पौडेलका कविताभित्रका रौंचिरा केलाउँदै उनका कवितामा लयात्मक बिम्बको प्रयोग, सशक्त रुपमा क्रन्तिकारीपन मुखरित भएको बताउँदै प्रगतिवादी र समाजसुधारक चेत स्पष्ट प्रतिबिम्बित भएको बताए ।कवि पौडेलसंग कार्यक्षेत्रको रुपमा भौतिक दुरी रहेकोले नगिचबाट चिन्ने मौका कम जुरे पनि यहीं आएर साहित्यिक व्यक्तित्वको रुपमा बुझ्न पाएको बताए ।

प्रमुख अतिथिका रुपमा रहेका राष्ट्रिय जनसांस्कृतिक महासंघका महासचिव अशोक राईले भाषा कला साहित्यलाई संगसंगै अघि बढाउने क्रममा दिल पौडेलका कविता सशक्त रुपमा रहेको बताउँदै कार्यक्रममा प्रस्तुत गरिएका कविता तथा तिनका समीक्षाहरु पुस्तकाकारका रुपमा आउने प्रष्ट पारे ।
सो समारोहमा आगामी अङ्कमा रक्तिम लामाको एकल प्रस्तुति रहने बताउँदै नर्मदेश्वरी सत्यालद्वारा कार्यक्रमको समापन गरिएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *