समाचार
अज्ञात व्यक्तिले पोखरीमा विष हालिदिएपछि पाचस लाख बढीका माछा मरे, जसमा थिए ३० क्विन्टल ठूला माछा र ८० हजार भूरा माछा
अज्ञात व्यक्तिले विष हालिदिएपछि गुजरा नगरपालिका–४ स्थित एक पोखरीमा लाखौँ मूल्यका माछा मरेका छन् । टहरिया नगरपालिका–१ भसेढवाका चन्द्रकेत महतोको पोखरीमा अज्ञात व्यक्तिले विष हालिदिएपछि लाखौका माछा मरेका हुन् ।साढे दुुई बिघा क्षेत्रफलमा फैलिएको पोखरीमा महतोले ग्रासकाट, सिल्भर, खोकल, रोहुु, भकुरा जातका माछापालन गरेका थिए । विष प्रयोगबाट झन्डै ३० क्विन्टल ठूला माछा र हालै छाडिएको ८० हजार भूरा मरेको बताइएको छ ।
तीन वर्षदेखि माछापालन आएका उनको पचास लाख भन्दा बढीके क्षती भएको छ ।राजनीतिक पूर्वाग्रह राखेर पोखरीमा विष हालिएको उनको दाबी छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका निमित प्रमुख डिएसपी नवीन कार्कीले घटना शंकास्पद रहेको भन्दै अनुसन्धान सुरु गरिसकेकाले केही दिनभित्रै वास्तविकता बाहिर आउने बताए ।एउटा माछालाई तीन किलोसम्मको बनाउन आफूले सात लाख रुपैयाँभन्दा बढी खर्च गरिसकेको भन्दै उनले क्षतिपूर्तिको माग गरेका छन् ।

